Comments Add Comment

ग्रान्डीमा बालबालिकाको ल्याप्रोरेस्कोपिक सर्जरी सेवा

Intra-Abdominal-Testicular-

काठमाडौं । राजधानीको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बालबालिकाको (पिडियाट्रिक) ल्याप्रोस्कोपिक सर्जरी सेवा पनि शुरु गरेको छ ।

ग्रान्डीका पिडियाट्रिक सर्जन डा. आरपी चौधरी र ल्याप्रोस्कोपिक सर्जन डा. राकेशकुमार साहले संयुक्त रुपमा कास्कीका ३ वर्षीय बालकको जन्मजात नै लुकेर रहेको अण्डकोष (Intra Abdominal Testicular Agenesis) को सफलरुपमा शल्यक्रिया गरेका हुन् ।

Intra-Abdominal-Testicular-ति बालकमा जन्मजात नै देब्रेतिरको अण्डकोष कम्मर माथि र करङ मुनीको भागमा लुकेर बसेको थियो ।

यस्तो समस्याको समयमै उपचार नगरे बालकमा पछि बाँझोपन, क्यान्सर जस्ता जटिल समस्या उत्पन्न गर्नसक्ने भएकाले त्यसलाई निकालिएको बालकको शल्यकृयामा संलग्न डाक्टरहरूले जानकारी दिएका छन् ।

यस किसिमको समस्या बालकहरूमा अत्यन्त कम देखिने भएपनि यसको उपचार तुलनात्मक रुपमा जटिल मानिन्छ ।

ग्रान्डी अस्पतालले यसअघि पनि यस किसिमका जटिल शल्यकृया गर्दै आएको छ । ग्रान्डी अस्पतालमा एउटै छानामुनी धेरै बिशेषज्ञहरु र अत्याधुनिक उपकरण सहितको सेवा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment