Comments Add Comment

महिन्द्राले भित्रायो नयाँ जेनेरेशनको एक्सयुभी ५००, यस्ता छन् फिचर

new mahindra XUV 500 (1)

काठमाडौं । भारतीय मोटर्स निर्माता कम्पनी महिन्द्राको न्यू एज एक्सयुभी ५०० नेपाली बजारमा भित्रिएको छ । आकर्षक डिजाइनमा अपग्रेडेड फिचर्ससहित भित्रिएको यो गाडी बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

नयाँ जेनेरेशनको एक्सयुभी ५०० प्रिमियम एसयुभी गाडी हो । नेपालमा यो गाडी विभिन्न ६ भेरियन्टमा उपलब्ध हुनेछ । सबैभन्दा सस्तो डब्लु४ को मूल्य ४९ लाख ५० हजार रुपैयाँ रहेको छ भने डब्लु१०एडब्लुडी (अल हृवील ड्राइभ)को मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

bonnet_zoom

chrome_lining_zoom

New Age XUV 500

भारतीय बजारमा यो गाडीले एसयुभी सेगमेन्टमा लिड गरिरहेको छ । सिटी, हाइवे र कच्ची बाटोमा समेत चलाउन उपयुक्त रहेको यसले नेपालीको पनि विश्वास जित्न सफल हुने महिन्द्राको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटको विश्वास छ । यसअघि भित्राइएको एक्सयुभी ५०० नेपालमा लोकप्रिय छ ।

टर्बोचार्ज २.२ लिटर डिजेल इञ्जिनयुक्त यो गाडीले प्रतिलिटर १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । शक्तिशाली इञ्जिन भएको हुँदा ५.४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गति समात्ने बताइएको छ ।

हाइटेक फिचर्स

यसमा इलेक्ट्रिक सनरुफ रहेको छ । अर्को हाइटेक फिचरका रुपमा पावर एडजष्टेवल ड्राइभर्स सिट छ । गाडीमा स्टार्ट र बन्द गर्ने बटन राखिएको छ । जीपीएस ट्रयाकिङ गर्ने ७ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।

इलेक्ट्रिक सन रूफ
इलेक्ट्रिक सन रूफ

यो सिष्टम विश्वभर अत्याधिक रुचाइएको छ । यसमा युसबी पोर्टमार्फत अडियो सुन्न, भिडियो हेर्न, फोटो हेर्न सकिन्छ । यसका साथै ब्लुटुथ र आइपड कनेक्टीभिटी सुविधा पनि रहेको छ ।

यसमा हाइटेक रिभर्स पार्किङ क्यामेरा, भ्वाइस म्यासेजिङ सिष्टम, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल सिष्टम, टायर प्रेसर, टेम्प्रेचर मोनिटरिङ सिष्टम, ड्राइभर इन्फरमेशन सिष्टम, स्मार्ट रेन एन्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल, कि लेस इन्ट्री लगायतका सुविधा छन् ।

टच स्क्रिन
टच स्क्रिन

यसमा भएको ब्लु सेन्सर टेक्नोलोजीले म्यूजिक सिष्टम कन्ट्रोल गर्छ ।

ड्यासबोर्ड
ड्यासबोर्ड

गाडीमा प्रिमियम ब्ल्याक र बेगी इन्टेरियर गरिएको छ । आकर्षक लेदर सिट, स्पोर्टी आल्मुनियम पेडल्स, पावर एडजष्टमेन्ट एन्ड फोल्डेवल ओआरभीएम्स लगायतले गाडीलाई थप सुविधायुक्त बनाएको छ ।

सुरक्षा फिचर्स

Mahendra xuv in nepal  (5)
फ्रन्ट एयर ब्याग ।

सुरक्षालाई विशेष ध्यान दिइएको न्यू एज एक्सयुभी ५०० मा ६ वटा एयरब्याग राखिएको छ । दुईवटा फ्रन्ट एयरब्याग, दुईवटा साइड एयरब्याग र २ वटा कर्टेन एयरब्याग रहेका छन् ।

अफरोडमा चलाउँदा सजिलो होस भनेर हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल प्रविधि पनि यसमा राखिएको छ । इलेक्ट्रिक ब्रेक फोर्स डिष्ट्रिब्युसन (इबिडी) सहितको एबीएस सुविधा छ ।

चारवटै चक्कामा डिस्क ब्रेक राखिएको छ । जसले गर्दा गाडी कन्ट्रोल गर्न ड्राइभरलाई निकै सहज हुनेछ । क्रयास प्रोटेक्सन क्रम्पल जोन्स, साइड इम्प्याक्ट बीम्सका कारण गाडी थप सुरक्षित बनेको छ ।

गाडीलाई आकर्षक बनाउन अगाडि र पछाडिको लाइटमा विशेष ध्यान पुराइएको छ । यसमा स्टाइलिस लाइट गाइडसहितको हेडल्याम्प राखिएको छ । त्यस्तै, युनिक देखिने नयाँ फग लाइट पनि यो गाडीमा प्रयोग गरिएको छ ।

न्यू एज एक्सयुभी ५०० विभिन्न ७ कलरमा उपलब्ध छ । उपभोक्ताले पेरल हृवाइट, भोल्कानो ब्ल्याक, मुनडष्ट सिल्भर, डोल्फीन ग्रे, ओपुलेन्ट पर्पल, टुस्कान रेड र सनसेट आरेञ्ज कलरमा यो गाडी खरिद गर्न पाउनेछन् ।

महिन्द्राका इन्टरनेशनल अप्रेसन (साउथ एशिया)का प्रमुख सञ्जय जाधभले न्यु एज एक्सयुभी ५०० गाडीका पारखीलाई मध्यनजर गरी निर्माण गरिएको बताए । नयाँ जेनेरशनको यो गाडीले नेपालीको मन जित्न सफल हुने उनको विश्वास छ ।

Mahendra xuv in nepal  (4)
अफरोडमा न्यू एज एक्सयुभी ५०० ।

‘यो गाडीले नयाँ ड्राइभिङ एक्सपेरियन्स दिलाउने छ’ उनले भने- ‘उपभोक्ताको इच्छा र चाहानालाई ध्यानमा राखेर वर्ल्ड क्लास गाडी बजारमा ल्याएका छौं ।’

महिन्द्राको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नयाँ गाडीले ग्राहकको मन जित्ने अपेक्षा गरे । उनले भने- मलाई विश्वास छ, स्टाइलिस डिजाइन, इन्फोटेनमेन्ट सिष्टम, राइड एन्ड हृयान्डलिङ लगायतका फिचर्सले ग्राहक एक्साइटेड हुनेछन् ।

Mahindra-XUV500 White

महिन्द्रा एक्सयुभी ५०० भारतीय बजारमा अत्याधिक रुचाइएको प्रिमियम एसयुभी हो जसले अहिलेसम्म २९ वटा प्रतिष्ठित अवार्ड हात पारिसकेको छ ।

फग ल्याम्प
फग ल्याम्प
लोगो प्रोजेक्सन ल्याम्प
लोगो प्रोजेक्सन ल्याम्प
प्लस लेदर सिट
प्लस लेदर सिट
रिभर्स पार्किङ क्यामेराको दृष्य
रिभर्स पार्किङ क्यामेराको दृष्य
६ फोल्डयुक्त ड्राइभर सिट
६ फोल्डयुक्त ड्राइभर सिट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment