Comments Add Comment

छोटो अवधिमै लोकप्रिय बन्यो हिरो ‘एक्स्ट्रिम स्पोर्टस्’

Hero xtrem sports (3)

२१ साउन, काठमाडौं । भारतीय मोटरसाइकल ब्रान्ड हिरोको ‘एक्स्ट्रिम स्पोर्टस्’ छोटो अवधिमै नेपालीमाझ लोकपि्रय बन्न सफल भएको छ । नेपाल भित्रिएको ६/७ महिनाको अवधिमा हजार थानभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

युवा पुस्तालाई फोकस गरिएको यो बाइक स्पोर्टी लुकमा रहेको छ । औषत मूल्य, आकर्षक डिजाइन, पावरफुल, उत्कृष्ट माइलेज लगायतका गुणबाट सुसज्जित भएको हुँदा ग्राहकको रोजाईमा परेको कम्पनीको बुझाई छ ।

hero-xtream_nepali-(1)

‘एक्स्ट्रिम स्पोर्टस्’ १५० सीसीको सेगमेन्टका बाइकमा सबैभन्दा पावरफुल रहेको कम्पनीको दाबी छ । यो बाइक उकालो बाटो र समथर मैदानमा उत्तिकै पावरमा कुद्छ । कष्टोमरको फिडब्याक अनुसार यसले प्रतिलिटर ४५ किलोमिटर बढी माइलेज दिने नेपाली बिक्रेताको दाबी छ ।

ग्राहकबाट पनि राम्रो फिडब्याक आइरहेको हिरोका मार्केटिङ प्रमुख दिनेशरत्न बज्राचार्य बताउँछन् । यो बाइक सिंगल तथा डबल डिस्क दुबैमा उपलब्ध छ । यसले खासगरी नेपालमा बजाज पल्सर, होण्डाको युनिकर्न र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गरिरहनु परेको छ ।

भिडियो  रिभ्यू


मूल्यका हिसावले भने पल्सर, युनिकर्न र जिक्सर भन्दा ‘एक्स्ट्रिम स्पोर्टस्’ सस्तो रहेको छ । नेपालमा सिंगल डिस्क ब्रेकको २ लाख २१ हजार ५ सय रुपैयाँ र डबल डिस्क ब्रेकको २ लाख ३० हजार रुपैयाँ रहेको छ । पल्सर, जिक्सर र युनिकर्न सिंगल डिस्क ब्रेक भएका बाइक हुन् ।

यो बाइक खासगरी युवाहरुमाझ लोकप्रिय रहेको मार्केटिङ प्रमुख बज्राचार्यको भनाई छ । दैनिक प्रयोगका लागि यो बाइक उत्कृष्ट रहेको छ । सिटी तथा हाइवे दुबै सडकमा यो बाइक मज्जासँग कुदाउन सकिन्छ ।

Hero xtrem sports (4)

‘एक्स्ट्रिम स्पोर्टस्’ को मुख्य विषेशता भनेको स्टाइलिस भाइजर हो । जसले बाइकलाई स्पोर्टी लुकमा परिणत गरेको छ । साइडलाइट पनि निकै आकर्षक डिजाइनमा छ ।
लक सिस्टम भाइजरको दायाँ पट्टी राखिएको हुँदा पानी परेपनि चाँबीमा कुनै समस्या आउँदैन । यसको लुकिङ ग्लास दुईवटा कलर मिक्स गरेर बनाइएकाले आकर्षक देखिन्छ । साथै, बाइकमा डिजिटल अनालग मिटर कन्सोल र साइड स्टाण्ड इन्डिकेटर राखिएको छ ।

‘एक्स्ट्रिम स्पोर्टस्’ मा १४.५ लिटर क्षमताको फ्यूल ट्यांकी रहेको छ । ट्यंकीको बाहिर साइट विन्स प्रयोग गरिएको छ । यसबाट पनि बाइक थप आकर्षक स्पोर्टी देखिएको छ ।

स्पोर्टस् बाइकमा जस्तै यसमा पनि दुई स्टेपको सिट राखिएको छ । बाइकको पछाडि एलइडी लाइट राखिएको छ । यसमा अर्को आकर्षक पक्षका रुपमा इञ्जिन गार्ड रहेको छ । जसले इञ्जिनलाई हिलो र ठोकिनबाट जोगाउँछ ।

Hero xtrem sports (2)

प्रतिस्पर्धी बाइकमा जस्तै यसमा पनि ५ स्पीड गियर छ । चौडा तथा ट्युबलेस टायर प्रयोग गरिएको छ । जसले गर्दा खाल्डा खुल्डीमा कुदाउन सहज बनाइदिएको छ ।

‘एक्स्ट्रिम स्पोर्टस्’ विभिन्न ५ वटा कलर प्यान्थर ब्लाक, मक्र्युरिक सिल्भर, फायरी रेड, पाइरो ओरेञ्ज, कालो र रातोमा उपलब्ध छ ।

स्टाण्डर्ड मोटरसाइकलमा यसको इञ्जिन १५० सीसीको भएपनि पावर भने १४.२ बीएचपीबाट बढाएर १५.२ बीएचपी पुर्‍याइएको छ । यस्तै टर्कलाई १२.८ एनएमबाट बढाएर १३.५ एनएममा पूर्‍याइएको छ ।

स्टाण्डर्ड एक्स्ट्रिम भन्दा फरक देखाउनका लागि हिरो मोटोकर्पले यो एक्स्ट्रिम स्पोर्टस् बाइकको क्लीयर तथा स्मार्ट लुक दिएको छ । यसले ओभरअल स्टाइललाई विशेष महत्व दिएको कम्पनीको दाबी छ ।

Hero xtrem sports (1)

Hero xtrem sports (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment