Comments Add Comment

कुन जीबन बीमा कम्पनीले कति कमाए ?

४ भदौ, काठमाडौं । जीबन बीमाको कारोबार गर्ने बीमा कम्पनीहरुले व्यवसायको आकार र नाफा दुबै बढाएका छन् । आर्थिक वर्ष २०७१/०७२ मा जीबन बीमा कम्पनीहरुको प्रगति सन्तोषजनकै नै देखिएको छ ।

सञ्चालनमा रहेका आठ जीबन बीमा कम्पनीमध्ये गुराँस लाइफले मात्रै हालसम्म वित्तीय विवरण सार्वजानिक गरेको छैन । वित्तीय विवरण सार्वजानिक गर्ने कम्पनीहरुका मूख्य सूचक यस्ता छन् ।

नेपाल लाइफ

Nepali moneyव्यवसायको आकार र नाफा दुबै हिसाबमा गत वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स नै पहिलो नम्बरमा परेको छ । नेपाल लाइफले गन आर्थिक वर्षमा बीमाशुल्कबापत ८ आठ अर्ब रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कूल बीमाशुल्क २९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म ९७ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पुँजीका हिसाबले पनि यो कम्पनी पहिलो नम्बरमा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ छ । यो जीबन बीमा कम्पनीमध्ये सेयरधनीलाई सबैभन्दा धेरै लाभांस दिने कम्पनी पनि हो ।

नेशनल लाइफ

यो कम्पनीले गत वर्ष १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल लाइफले हालसम्म ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ९६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन

यो कम्पनीले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ५४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ५९ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ८५ करोड ५५ लाख रुपैयाँ छ ।

प्राइम लाइफ

यो कम्पनीले गत वर्ष ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी २६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ४८ करोड ८१ लाख रुपैयाँ छ । यो नियामक बीमा समितिले तोकेकोभन्दा सवा १ करोडले कम हो । बीमा समतिलिे जीब्न बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।

सूर्या लाइफ

यो कम्पनीले गत वर्ष १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७२ कारोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी ३ कारोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५० करोड छ ।

अमेरिकन लाइफ

यो कम्पनीले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । हालसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी ८४ कारेड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनी

यो कम्पनीले २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी १० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

जीबन बीमा कम्पनीका मूख्य सूचकहरु (हजारमा)

कम्पनी नाफा
नेपाल लाइफ १७९७००
एलआइसी २५८५९
नेसनल लाइफ १६१३२४
प्राइम लाइफ ७२०८८
एसियन लाइफ २०६३१
सूर्या लाइफ १७०३७
अमेरिकन लाइफ ६०३२५
राष्ट्रिय जीबन बीमा कम्पनी २४८७९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment