Comments Add Comment

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

Kailali-Jhadap

७ भदौ, धनगढी । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको छ ।

घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । 

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सोमबार सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो ।  तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको छ ।

छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा आए । आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो ।

आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमण गरेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई आन्दोलनकारीले भालाले हानेर ढालेका थिए ।

Tikapir-jhadap

आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको छ । प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भएको छ ।

यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको छ । आन्दोलनकारीले हवल्दार थारुलाई आगो लगाएर जलाएका थिए ।

हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको छ । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।

तीन जना आन्दोलनकारीको मृत्यु भएको बताइए पनि पुष्टि हुन सकेको छैन । केहीले मृतकको संख्या धेरै बताए पनि पुष्टि भएको छैन ।

हिंसात्मक झडपपछि प्रहरीले फायर खोलेको थियो । गोली चल्न थालेपछि प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो २ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह झडप साम्य भए पनि टीकापुर तनावपूर्ण छ ।

यो पनि पढ्नुस् 

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment