+
+
Shares

माओवादीका मधेसी नेताहरु पनि आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १८:३९

Ramchandra, Prabhu, Bishonath and Ram kumar

१० भदौ, काठमाडौं । तराई-मधेसमा दुई प्रदेशको माग गर्दै एमाओवादीको मधेसी नेताहरुले आन्दोलनको घोषणा गरेका छन् ।

नेता रामचन्द्र झा, विश्वनाथ साह, मधेसी राष्ट्रि मुक्ति मोर्चाका संयोजक रामकुमार शर्मा, महासचिव रामरिझन यादव, सभासद महेन्द्र पासवान लगायतले पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई जानकारी गराएर आन्दोलनको घोषणा गरेका हुन् ।

माओवादीका मधेसी नेताहरुले आन्दोलनका क्रममा कांग्रेस र एमालेलाई दबाव दिने तथा मधेसी मोर्चाका नेताहरुले पार्टीविरुद्ध गरेको प्रचारको भण्डाफोर गर्ने बताएका छन् । ‘माओवादीले एजेण्डा छाड्यो भन्ने प्रचार भएको छ । भ्रम चिर्न र पार्टीले राखेको फरक मतलाई जनतासम्म पुर्‍याउन आन्दोलनमा जान लागिएको हो’ नेता साहले भने ।

मोर्चाले १० बुँदे माग अघि सारेको छ । जसमा सेना परिचालन फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, घाइतेको उपचार गर्नु पर्ने, थारु मधेसी लगायतको माग सम्बोधन गर्दै पहिचानमा आधारित दुई प्रदेश मधेसमा बनाउने लगायत छन् ।

माओवादीको मधेसी मोर्चाले १७ गते सदरमुकाममा विरोध प्रदर्शन र गाउँमा मसाल जुलुस निकाल्ने बताएको छ ।

यो पनि पढ्नुस् 

‘दौपदी’लाई मधेसमै राख्न माओवादीका मधेसी नेताको माग

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?