Comments Add Comment

टि्वटरमा थपिए तीन नयाँ फिचर्स, अब प्रोफाइल झनै आकर्षक

twitterमाइक्रोब्लगिङ साइट टि्वटरले प्रयोगकर्ताका लागि तिन नयाँ फिचर्स ल्याएको छ । टि्वटरले प्रयोगकर्ताको प्रोफाइल पेजलाई अझै आकर्षक बनाउनका लागि फिचर्स थप गरेको बताइएको छ ।

यी फिचर्सको प्रयोग गरी प्रयोगकर्ताले अब आफ्नो प्रोफाइल पेजलाई बढि आकर्षक बनाएर आफ्ना फलोअर्स बढाउन सक्नेछन् । टि्वटरले आफ्नो ब्लगपोष्ट मार्फत यसबारेमा जानकारी दिएको छ ।

टि्वटरमा थप भएका तिनवटा नयाँ फिचर्स यस्ता छन्ः

बेस्ट टि्वट्स फिचर- यसको माध्यमबाट जब तपाइँले आफ्नो नयाँ टि्वटर प्रोफाइल अप्टिमाइज गर्नुहुन्छ तब तपाइँको सबैभन्दा लोकपि्रय अर्थात् बढि इन्गेज्मेन्ट हासिल गरेको टि्वट्स आफ्नो प्रोफाइल पेजमा देखिनेछ । उक्त टि्वट्स अन्य सामान्य टि्वट्स भन्दा ठूलो आकारको तथा झ्वाट्ट देखिने खालको हुन्छ ।

पिन्ड टि्वट्स फिचर- यो फिचरको माध्यमबाट तपाइँले आफ्नो रोजाइको टि्वटलाई आफ्नो प्रोफाइल पेजको सबैभन्दा माथिल्लो भागमा राख्न सक्नुहुन्छ । सबैभन्दा मन परेको तथा लोकपि्रय बनेको आफ्नो टि्वटलाई प्रोफाइलमा सबैभन्दा माथि राखेर तपाइँले टि्वटेहरुको मन जितेर फलोअर्सको संख्या बढाउन सक्नुहुनेछ ।

फिल्टर्ड टि्वट्स फिचर- यसको माध्यमबाट तपाइँले यो कुरा सेट गर्न सक्नुहुन्छ की कोही प्रयोगकर्ताले तपाइँको प्रोफाइल हेर्दा कुन टि्वट हेर्न पाउँछ । यो फिचरद्वारा कुन टाइमलाइन हेर्ने, जस्तै टि्वट, फोटो तथा भिडियो सँगै टि्वट वा टि्वट्स र रिप्लाइ सँगै हेर्ने भन्ने कुरा सेट गर्न सक्नुहुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment