Comments Add Comment

आर्यन र आशिकाको ‘सुश्री’ पनि दशैमा थपियो

aaryan-and-aashika
हुनत, सार्वजनिक बिदा नभएकोे समयमा पनि नेपाली चलचित्रले राम्रै व्यापार गरिरहेका छन् । तर, पनि दशै, तिहार, नयाँ बर्ष जस्ता बिदामा नेपाली चलचित्रका निर्माता चलचित्र चलाउन लागिपर्छन् ।

यसपटकको दशैमा पनि चलचित्रको भिडन्त देखिने भएको छ । यो दशैमा ४ वटा नेपाली चलचित्रले व्यापारिक भिडन्त गर्ने भएका छन् । यसअघि ‘अधकट्टी, ठमेल डट कम, परदेशी’ले यो समयका लागि मिति तोकिसकेका थिए । अब, दशैको लामो बिदामा चलचित्र चल्छ भन्ने सोच बोक्दै चलचित्र ‘सुश्री’का निर्माता पनि आइपुगेका छन् ।

लेखक शिवम् अधिकारीले पहिलो पटक निर्देशन गरेको यो चलचित्र स्टारकास्टका हिसाबले केही मजुवत छ । नायक आर्यन सिग्देलको स्टारडम बिक्छ भन्ने सोचका कारण पनि यसका निर्माताले अरु ३ चलचित्रलाई चुनौती दिन खोजेको हुनसक्छ ।

आर्यनको साथमा आशिका तामाङ, सुरविना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र राम्रो भएको र दर्शकले पनि साथ दिने विश्वासका साथ दशैमा आउन लागेको निर्देशक अधिकारी बताउँछन् । उनले आफूहरुले चलचित्रको छायांकनको समयमा नै दशैकलाई मिति तोकेको बताउँदै जुध्न नआएको बताए ।

जे होस्, यसपटकको दशैमा पनि नेपाली चलचित्रको  भिडन्त रोचक हुने भएको छ । कात्तिक ३ गतेबाट प्रदर्शनमा आउने ‘सुश्री’लाई दर्शकले कस्तो साथ दिने हुन्, समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment