Comments Add Comment

इटालियन प्रिमियम बाइक ‘बेनेली’ नेपाल भित्रिँदै

२४ भदौ, काठमाडौं । इटालियन ब्रान्डको प्रिमिय बाइक बेनेली नेपाली बजारमा भित्रिने भएको छ । केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली बाइक नेपाली बजारमा भित्राउन लागेको हो ।

benelli-tnt-300 Final

कम्पनीले बेनेलीका तीनवटा मोडल ‘टिएनटी ३००’, ‘६०० आई’ र ‘६०० जीटी’ नाडा अटो शोमा सार्वजनिक गर्ने जनाएको छ । काठमाडौंको नारायणचौर नक्सालमा रहेको केटीएम इन्टरनेशनलले बेनेली बाइक आयात तथा बिक्री वितरण र बिक्री पछिको सेवा प्रदान गर्नेछ ।

कम्पनीले भदौ २९ गते बेनेली बाइकको पि्र बुकिङ सुरु गर्ने जनाएको छ । सुरुवाती मूल्य टिएनटी ३०० को ६ लाख ६५ हजार, ६०० आइको १५ लाख ५० हजार र ६०० जीटीको १६ लाख ५० रुपैयाँ तोकिएको छ । प्रि-बुकिङकर्तालाई कम्पनीले २५ हजार नगद छुट प्रदान गर्ने जनाएको छ ।

बेनेली सन् १९११ मा इटालीको पेसारोमा स्थापना भएको हो । यो सम्भवत हालसम्म सञ्चालनमा रहेको युरोपकै सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो ।

एन्टोनियो बेनेली र उनका ५ दाजुहरुले स्थापना गरेको यो कम्पनी नयाँ-नयाँ इन्नोभेशन गर्दै सफल भएको हो । बेनेलीले युरोपियन च्याम्पियनसिप, मोटोजीपी र टुरिस्ट ट्रफी जस्ता चर्चित मोटरसाइकल रेसहरु पनि जितेको छ ।

बेनेलीले हाल उत्पादन गर्दै आएको टिएनटी ३०० मोडलको बाइक ३०० सीसीको रेञ्जमा विश्वकै उत्कृष्ट रहेको अष्ट्रेलियाली मोटरसाइकल न्यूज म्यागेजिनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment