शुक्रबार, ६ असोज, २०७४
OnlineKhabar.com

कांग्रेसका तीन सभासदले फिर्ता लिए संशोधन प्रस्ताव

अनलाइनखबर

Man-bdr,-Min-And-Jiwan

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका तीन सभासदले संविधानको विधेयकमा दर्ता गरेको संशोधन फिर्ता लिएका छन् ।

मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र जीवन परियारले दलितको हक अधिकारलाई लिएर संशोधन दर्ता गरेका थिए । उक्त संशोधन संविधानसभामा पेश भएर छलफल समेत भइसकेको छ ।

तर, मतदानको पूर्वसंध्यामा तीन सभासदले संशोधन प्रस्ताव फिर्ता लिएका छन् । ‘मुलुकको वर्तमान परिस्थिति हरेर र पार्टीको नीतिप्रति प्रतिवद्ध रहँदै संशोधन फिर्ता लिएका हौं’ सभासद परियारले अनलाइनखबरसँग भने ।

Man-bdr,-Min-And-Jiwan-Samsodhan-Firta

२०७२ भदौ २६ गते १४:५३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this