Comments Add Comment

आर्यन र प्रियंका सर्वोत्कृष्ट नायक नायिका, नोभेम्बर रेनलाई सर्वाधिक अवार्ड

अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीले सर्वोत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड पाएका छन् । काठमाडौंमा सम्पन्न तेस्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा उनीहरु सर्वोत्कृष्ट भएका हुन् । चलचित्र नोभेम्बर रेनवाट आर्यनले ‘शिव सर्वोत्कृष्ट अभिनेता’ र सुन्तलीवाट प्रियंकाले ‘भुवन सर्वोत्कृष्ट अभिनेत्री’ अवार्ड पाइन् ।aaryan-piryanka-and-nischal

नेपाल चलचित्र विकास कम्पनीले हरेक अवार्डको टाईटल प्रतिष्ठित कलाकारको नाम जोडेर राख्ने गरेको छ । शनिबार हायात होटलमा सम्पन्न कार्यक्रममा रामबाबु गुरुङले कबड्डीवाट ‘हिरा सर्वोत्कृष्ट निर्देशक’को अवार्ड पाए ।

चलचित्र नोभेम्बर रेनबाट छुल्ठीम डोल्मा गुरुङले ‘बसुन्धरा सर्वोत्कृष्ट सह-अभिनेत्री’को अवार्ड पाइन् । नोभेम्बर रेनबाटै ‘चेतन सर्वोत्कृष्ट लेखन’ अवार्ड लेखक छेतन गुरुङले प्राप्त गरे । यही चलचित्रको ‘तिमीलाई म…’ गीतबाट युवराज चौलागाईंले ‘उदित सर्वोत्कृष्ट पाश्र्व गायन’ अवार्ड जिते । नोभेम्बर रेनकै यही गीतबाट ताराप्रकाश लिम्बूले ‘शम्भुजित सर्वोत्कृष्ट संगीतकार’को अवार्ड पाए ।

‘विश्व सर्वोत्कृष्ट नव-अभिनेता’को अवार्ड चलचित्र उत्सवबाट सन्जोग कोइरालाले हात पारे भने आश्मा डीसीले चलचित्र आभासबाट ‘चैत्य सर्वोत्कृष्ट नव-अभिनेत्री’को अवार्ड पाईन् ।

‘नीर सर्वोत्कृष्ट सह-अभिनता’को अवार्ड चलचित्र हँसियाबाट अनुपविक्रम शाहीले प्राप्त गरे । ‘शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत’ अवार्ड चलचित्र तथास्तुबाट रामजी लामिछानेले प्राप्त गरेको सो कार्यक्रममा चलचित्र ‘हवल्दार सुन्तलीको घन्टी बज्यो…’ गीतको नृत्यबाट कविराज गहतराजले ‘वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक’ अवार्ड थापे ।aasma-priyanka-and-chulthim chulthim-award

प्राविधिकतर्फ चलचित्र आभासबाट सुरेन्द्र पौडेलले ‘तुलसी सर्वोत्कृष्ट सम्पादक’ अवार्ड प्राप्त गरे । ‘मञ्जु सर्वोत्कृष्ट छायाकार’ अवार्ड चलचित्र जेरीबाट शैलेन्द्रध्वज कार्कीले जिते । चलचित्र मुखौटाबाट उत्तम न्यौपानले ‘प्रदीप सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण’ अवार्ड हासिल गरे भने ‘मह जुरी अवार्ड’ चलचित्र मालाका निर्देशक सुदीप भूपाल सिंहलाई प्रदान गरियो ।

यस्तै ‘कुसुमेरुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र’को अवार्ड ०७१ मा १२ करोड व्यापार गर्न सफल चलचित्र कोहिनुरलाई दिइयो । सोही कार्यक्रममा ‘पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’ सञ्चारकर्मी विजयरत्न तुलाधारलाई प्रदान गरियो । सम्पूर्ण अवार्ड बिजेतालाई जनही ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अवार्ड समारोहलाई भब्य बनाउन विभिन्न कलाकारहरूले नेपाली चलचित्रका गीतसँगीतमा नृत्य प्रस्तुत गरेका थिए । अभिनेत्री गौरी मल्लले नयाँ पुस्ताका अभिनेताहरूसँग आफ्ना विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् ।

अशिस्मा नकर्मी, अनु शाह, यसराज गराज, नम्रता सापकोटा, सौरभ पहारी छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी, रोहित रुम्बा, सँजाेग कोईरालाले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

आस्मा डिसी, नितु पोखरेल, नरेशबीर मालाकार, माला लिम्बु, पवित्रा अाचार्य लगायतका कलाकारले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । दिपकराज गिरी र दीपश्री निरौलाको समसामयिक प्रहसनले कार्यक्रममा सहभागीलाई हँसाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment