Comments Add Comment

नयाँ राष्ट्रपति र प्रधानमन्त्री कसलाई बनाउँदा ठीक होला ?

chair

संविधान निर्माणको अन्तिम चरणमा पुग्नै लाग्दा नयाँ राष्ट्रपति र नयाँ सरकारको प्रधानमन्त्री बारेमा चर्चा परिचर्चा सुरु हुन थालेको छ । संविधान जारी भएको एक साताभित्र नयाँ प्रधानमन्त्री र एक महिनाभित्र नयाँ राष्ट्रपतिको चयन गर्नुपर्ने व्यवस्था अन्तरिम संविधानमा छ ।

अब को होला त नेपालको भावी प्रधानमन्त्री ? अनि राष्ट्रपति को बन्ला ? सम्भावनाको सुचीमा धेरै नामहरु छन् । भावी प्रधानमन्त्रीका रुपमा केपी ओलीको नाम अग्रपङ्तीमा चर्चामा छ । तर, शेरबहादुर देउवा, माधव नेपाल लगायतका नाम पनि चर्चामा छन् । हिमाल खबरले अघिल्लो महिना गरेको सर्वेक्षणमा डा. बाबुराम भट्टराईलाई धेरैले प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका छन् । युवापुस्ताले गगन थापाको नाम पनि चर्चा गर्ने गरेको छ । विजय गच्छदारले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार ठान्न थालेका छन् ।

त्यस्तै भावी राष्ट्रपतिका रुपमा सुशील कोइराला, सुवास नेम्वाङ, प्रचण्ड, डा. गोविन्द केसीलगायतका नाम सामाजिक सञ्जालहरुमा चर्चामा आउने गरेका छन् । उपराष्ट्रपतिका रुपमा महन्थ ठाकुरको नामसमेत आर्चामा आउने गरेको छ ।
अब राष्ट्र र सरकारको नेतृत्व गर्ने व्यक्तिले नयाँ संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निमाण जस्ता ठूला दायित्वहरु निर्वाह गर्नुपर्ने छ ।

तपार्इंको विचारमा को होला त्यस्तो योग्य व्यक्ति ? कसलाई राष्ट्रपति र कसलाई प्रधानमन्त्री बनाउँदा सबैभन्दा सही छनोट सावित हुन्छ ? राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा तपाईको रोजाइबारे कृपया आफ्नो मत जाहेर गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment