+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सदभावनाका क्षेत्रीय अध्यक्ष माथि सांघातिक आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १४:३४

३१ भदौ, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ४ का सदभावना पार्टी अध्यक्ष सुवासचन्द्र चौधरी माथि सांघातिक आक्रमण भएको छ । कपिलवस्तु थुन्हिया ८ सडवामा चौधरीकै घरमा आक्रमण भएको हो ।

Subas-Chaudhari,-Kapilbastu

गएराती ११ बजे ५ वटा मोटरसाइकल चढेर आएका युवाहरुले घरेलु हतियारसहित आक्रमण गरेका थिए । आक्रमणबाट चौधरीको हातमा चोट लागेको छ ।

आक्रमणमा संलग्नमध्ये कपिलवस्तु थन्हिया ८ सडवा निवासी ३० वर्षीय सन्तु विकलाई स्थानीयले धारिलो हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । आक्रमणकारीले प्रयोग गरेको लु ७ प ७८५९, लु १६ प ७७८६ र लु १९ प ९१९७ नम्बरको मोटरसाइकल पनि गाउँलेले नियन्त्रणमा लिएका छन् ।

प्रहरी नियनत्रणमा रहेका सन्तु विकका अनुसार शिवराज नगरपालिका ३ का २२ वर्षीय सागर पन्थ, २६ वर्षीय सतिश पाण्डे, २८ वर्षीय विनोद वि.क बढई, २२ वर्षीय विष्णु नेपालीलगातयले चौधरी माथि आक्रमण गरेका थिए । आक्रमणको कारण भने खुलेको छैन ।

दुर्घटनामा एकको मृत्यु

यसैबीच कपिलवस्तुको शिवराज नगरपालिका १० मा गत मंगलबार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चन्द्रौटा निवासी नारायण आचार्यको विहीबार उपचारको क्रममा मृत्यु भएको छ ।

लु १३ प २७९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आचार्य घाइते भएका थिए । आचार्यको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक माधव चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।

– सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?