Comments Add Comment

Live अपडेटः टुँडिखेलमा संविधान स्वागत सभा, शीर्ष नेताहरुको सम्बोधन

Tudikhel Sava

४ असोज, काठमाडौं । नयाँ संविधानको स्वागतमा सैनिक मञ्च टुँडिखेलमा अहिले आमसभा भइरहेको छ ।

सरकारको आयोजनामा भएको ‘नेपालको संविधान २०७१ ऐतिहासिक स्वागत सभा’लाई तीन दलका तीन शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सभाको सुरुमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । सभाअघि कांग्रेस, एमाले र एमाओवादीको अगुवाइमा विभिन्न स्थानबाट र्‍याली निस्किको थियो ।

भिडियो

००००००

अब प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन सुरु गरेका छन् । भूकम्पपछिको पुन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद । समझदारीका साथ काम गर्ने प्रतिवद्धता । राष्ट्रिय एकता, सहमति र सम्वादको बाटोबाट आर्थिक उन्नतीमा मुलुकलाई अघि बढाउन सकिन्छ । जय नेपाल

Sushil Koirala At Tudikhel Sava

०००००

  • अब नकेपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन सुरु गरेका छन् । यो लोकतान्त्रिक संविधान हो । यो गणतन्त्रात्मक संविधान हो । यसले गणतन्त्रलाई संस्थागत गरेको छ । संघीयता हामी भर्खर अभ्यास गर्दैछौं । जनताको आकाक्षा प्रतिविम्वित हुने गरी सात प्रदेशको व्यवस्था गरेका छौं । 
  • KP oli At Tudikhel Sava
  • सबैका निम्ति सुरक्षा, सबैका निम्ति सम्मानको व्यवस्था गरेका छौं । पीछडिएको समुदायर्ला केही गर्न बााकी छ भने विशेष नीति तर्जुमा गरेर अगाडि लैजान सक्ने व्यवस्था गरेका छौं ।
  • यतिबेला नेपाली जनताको सम्पूर्ण अधिकारसहितको लोकतान्त्रिक प्रणाली, समाजिक क्षेत्रमा भादभावको अन्त्य यसलेे व्यवस्था गरेको छ । राष्ट्रिय एकतामा यसले जोड दिएको छ । यसको सफल कार्यान्वयनबाट अगाडि जान सकिन्छ । यतिबेला सम्पूर्ण नेपाली जुनसुकै भूभागमा भएमा भएपनि, जुन सुकै जातको भए पनि यो सबैको जित हो । यसलाई सबैले खुसीयालीका साथमा लिएर कार्यान्वयनमा जुट्नुपर्छ ।
  • भावनामा नबग्न आग्रह गर्छु । मधेस तराई सबाल होस् वा केही समस्या छन् भने विभिन्न आयोग गठन गरेका छौं र भोलि ती आयोगबाट सम्बोधन गर्न सक्छौं ।
  • यतिबेला खुसीयाली मनाउनु पर्ने बेलामा कुनै कुनै ठाउामा कुने तप्का विशेषले चित्त दुखाएर बस्नु स्वकार गर्दिन भन्नु दुखदायी अवस्था हो ।
  • म लोकतन्त्रका निम्ति धेरै वर्ष जेल बसेर आएको हो । त्यहाँ भत्ता थिएन । जेल बसेको देशका लागि हो, जनताका लागि हो । हामी सबैले विगतका बदिलान सम्झनुपर्छ । यो संविधान पल्टाएर हेर्न र आफ्ना अधिकार कहाँनेर छैन ।यो पत्ता लगाउँछ भने म सम्वाद गर्न तयार छु ।
  • कठिनाइका बाबजुत यो प्रक्रियामा साथ दिनु हुने सबैलाई धेरै धन्यवाद भन्न चाहन्छु ।
  • हामी स्वभिमानी नेताहरु हाम्रो स्वभिमान कायम राखेर सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं । हामी सबैका मित्र हौं । झन छिमेकी मित्रहरुविरुद्ध सोच्न पनि सक्दैनौं । मिलेर देशलाई अगाडि लैजान चाहन्छौं ।
  • ढिलो गरौं भन्ने आवाज नआएको होइन । तर ९ वर्ष वित्यो । फेरि पनि संक्रमणकाल जारी राख्ने कुरा हुन सक्दैनथ्यो । अब एकतावद्ध भएर देश विकासको बाटोमा लागौं । यो नेपालीको सविधान हो ।
  • अहिले म धेरै नभनौं । जुन प्रकारको एकता नेपाली दाजुभाइ दिदीबहिनीले देखाउनु भएको छ । म सबैलाई धन्यवाद भन्न चाहन्छु ।

००००

  • सभालाई अहिले एमाओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले नेपाली हामी रहुँदा कहाँ नेपाललै नरहे भन्ने माधवप्रसाद घिमिरे र एक युगमा एक दिन एक चोटी आउँछ भन्ने कवि गोपालप्रसाद रिमालको कविता स्मरण गर्दै सम्बोधन सुरु गरे ।
  • Prachanda At Tudikhel Sava
  • एउटा युगको सम्मान गर्‍यौं र नयाँ युग सुरु गर्‍यौं । जनताको युग प्रारम्भ भयो । सबैलाई हार्दिक बधाइ र शुभकामना व्यक्त गर्न चाहन्छौं
  • संविधान कार्यान्वयनमा चुनौती छन् । दलहरुको दृढ एकताले मात्र सम्भव छ । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको सम्मान यो संविधानको विशेषतामा परेका छन् । यो कार्यान्वयनमा जाँदा चुनौतीहरु छन् । नेपालीहरुको एकताले मात्र यसलाई कार्यान्वयन गर्न सकिन्छ । यो नेपाली जनताको स्वभिमान र आत्मसम्मानको विषयको रुपमा रहेका छन् ।
  • Tudikhel Sava (2)
  • मधेसमा थारु, जनजाति समुदायमा केही प्रश्नहरु छन् । गम्भीर असहमति छन् । एमाओवादीको तर्फबाट मैले भनेको थिएँ कि शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण अघि बढाउँदा हाम्रो परिस्थिति अली फरक छ । हामीले उत्पीडित जाति र भाषीक समुदायलाई आन्दोलित गर्‍यौं । अहिले पनि मधेस, थारु, जनजातिको पहिचानको कुरा उठ्दा हामी माओवादी त्यही छौं । तर, संविधान आवश्यक भएकाले हामी तीन दल एक ठाउँमा छ ।
  • आज म मधेसी दल र समुदायलाई अपील गर्न चाहन्छौं । तपाईको धेरै माग सम्बोधत भएको छ । सप्तरीदेखि पर्सासम्मको पहिचान प्राप्त भएको छ । सुमानुपातिक समावेशीको मुद्धा सम्बोधित हुँदैछ । नागरिकताको मुद्धा सदाका लागि समाधन गरेको छ र सीमाकंन वार्ताबाट सम्बोधन गर्न सकिन्छ भनेका छौं । अब वार्ताको माध्यमबाट समाधन गर्न सकिने मुद्धाहरु छन् । त्यसैले के भन्न चाहन्छु भने तपाईहरुको जायज मागको पक्षमा निरन्तर लाग्ने विश्वास दिलाउँछु र वार्ताको टेबलमा आउन अपील गर्छु ।
  • थारु समुदायलाई पनि यो प्रक्रियामा सहभागी हुन अपील गर्छु ।
  • हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले पनि सम्मान पाउँछन् । हामी छिमेकीहरुसँग अझ विशेष रुपले भारतीय नेताहरुलाई के भन्न चाहन्छु भने हामी तपाईहरुको असल मित्रको रुपमा जायज चिन्ता सम्बोधन गर्न चाहन्छौं । हामी मित्र हुन चाहन्छौं । तर, जे भन्यो त्यही मान्ने एस म्यान हुन चाहन्नौं ।
  • Tudikhel Sava (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment