+
+

नाकाबन्दीले भारतलाई घाटा भयो कि नाफा ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १७ गते ९:३९

narendra modi_reutersछिमेकी मुलुक भारतले ११ दिनसम्म अघोषित नाकाबन्दी गरेपछि नेपालीहरुले ठूलै समस्या झेल्नुपर्‍यो । तर, ११ दिनपछि भारतले आफैं नाकाबन्दी खोलेको घोषणा गर्न बाध्य भएको छ ।

यसक्रममा भू-परिवेष्ठित मुलुकको आपूर्ति रोकिएकोमा भारतको चर्को आलोचना भएको छ । प्रधानमन्त्री भएदेखि नै नेपालीको सदभाव बटुलेका भारतका पछिल्ला प्रधानमन्त्री नरेन्द्र मोदी एकाएक नेपालीहरुबाटै आलोचित भएका छन् ।

मधेस आन्दोलनलाई दबाव दिन नाकाबन्दीको सहारा लिएको भारतले मधेस आन्दोलनले निकास नपाउँदै नाकाबन्दी खोलेको घोषणा गरेको छ ।

आखिर यो नाकाबन्दीले भारतलाई के फाइदा भयो ? कि भारतलाई यो नाकाबन्दीले घाटा पुग्यो ? जनमत व्यक्त गर्नुहोस

१) यो नाकाबन्दीले गर्दा नेपालीहरुले भारतलाई चिन्ने मौका पाए । नेपालको नयाँ पुस्तासमेत भारतविरोधी बनेकाले यसबाट भारतलाई दीर्घकालीन घाटा भयो ।

२) नेपालको अर्थतन्त्रमा यो नाकाबन्दीबाट ठूलो घाटा भयो र नेपालको परर्निरता उजागर भयो ।

३) एउटा देशलाई मात्रै होइन, मिलेर बस्नुपर्ने छिमेकीहरु दुबैतर्फ यो नाकाबन्दीले घाटा पुर्‍यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment