Comments Add Comment

कांग्रेस महाधिवेशन फागुन तेस्रो साता, सरकारबारे भोलि मात्र निर्णय गर्ने

nepali congress

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशन आगामी फागुन तेस्रो साता हुने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २० देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । तर, सरकारबारे भने बिहीबार मात्र छलफल गर्ने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले गाउँ अधिवेशन माघ १५ र १६ गते गर्ने निर्णय गरेको छ । यसैगरी २२ गते क्षेत्र र २५ गते जिल्लाको अधिवेशन गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले भारतले लगाएको अघोषित नाकाबन्दी खोल्न तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारबारे भोलि मात्र निर्णय गर्ने

सहमतीय सरकारबारे भने बिहीबार मात्र छलफल गर्ने एजेण्डा छ । सरकारबारे भोलि छलफल गर्ने भन्दै पार्टी सभापति सुशील कोइरालाले प्रमुख तीन दलबीच भएको भनिएको भद्र सहमतिबारे केही बोलेका छैनन् ।

एमाओवादी र एमाले नेतृत्वले भद्र सहमति भएको बताएपछि कोइराला मौन छन् । रामचन्द्र पौडेलसहितका नेताहरुले सहमति नभएको दाबी गर्दै आएका छन् ।

एमालेले सरकारको नेतृत्व दावी गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

पछिल्लो समय कांग्रेस सभापति कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्रीका आकांक्षीका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment