Comments Add Comment

न्यायपरिषद सदस्यको सुनुवाइबारे संसदीय समितिमा विवाद

२० असोज, काठमाडौं । संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइमा बोलाउनेबारे संसदीय समितिमा विवाद भएको छ ।

Nyaya parisadसंसदीय सुनवाइ समितिको बुधबार बसेको बैठकमा न्याय परिषद सदस्यहरुलाई सुनुवाइमा आउन आह्वान गर्ने कार्यसूची थियो । तर, कांग्रेस र एमालेका सभासदहरुवीच विवाद भएपछि बैठक निर्णयमा नपुगी टुंगियो ।

नयाँ संविधान अनुसार संसदीय सुनुवाइ गर्ने कि अन्तरिम संविधान अनुसार गर्ने भन्ने विवाद भएपछि न्याय परिषद सदस्यलाई सुनुवाइमा बोलाउन समितिले सकेन ।

विवादपछि समितिका सभापति कुलबहादुर गुरुङले बुधबारको बैठक स्थगित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment