Comments Add Comment

‘भारतीय दूतावासलाई तेल दान गरौं’ विश्वभर टप ट्रेन्ड

#DonateOilToIndainEmbassy (3)

२० असोज, काठमाडौं । नेपालमा अघोषित नाकाबन्दी गरेको भारतको काठमाडौंस्थित दूताबासले नेपाल आयल नियमसँग तेल मागेपछि समाजिक सञ्जाल ट्वीटरमा ‘भारतीय दूताबासले तेल दान गरौं’ अभियान विश्वभर ट्रेन्ड भएको छ ।

बुधबार मध्याहृनबाट सुरु भएको #DonateOilToIndainEmbassy दिनभर विश्वभरकै टप ट्रेन्डिङमा परेको छ । यसमा नेपालका साथै विदेशमा बस्ने नेताहरुले भाग लिएका छन् ।

केही दिनअघि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा विश्वभर ट्रेन्ड भएको थियो ।

ट्वीटरमा भएको आहृवानकै आधारमा दिउँसो ३ बजे लैनचौरस्थित भारतीय दूताबास अगाडि सांकेतिक रुपमा पेट्रोलसहित युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले तेल लैजाउ, स्वाभिमान दिन्नौं जस्ता प्लेकार्डका साथै हातमा बोटलमा पेट्रोल र नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।

भारतीय दूतावासलाई ईंगित गर्दै फेसबुक र ट्वीटरमा व्यंग्य र आलोचना मिश्रति ट्वीटको बाढी लागिरहेको छ । कुल रिम्सले टि्वटरमा मेन्सन गरेका छन्- ‘हेल्लो इण्डियन एम्बेसी, तेलमात्र चाहिएको हो कि ग्यास नि चाहिएको ? मागेर हेर पुर्‍याउन आउनेछौं ।’

सुयात्रा घिमिरेले लेखकी छिन्, ‘विचरा भारतीय दूतावासलाई साह्रै गाह्रो परिरहेको छ । सबैले सकेको सहयोग गरौं ।’   शिरोमणी ढुंगाना लेख्छन्ः गान्धीका अनुसार कसैले हामीलाई ढुंगाले हान्यो भने हामीले फुलले हान्नुपर्छ । त्यसैले दूतावासलाई तेल दिउँ ।  

त्यस्तै सञ्जय पाण्डे, लेनिन बञ्जाडे, उज्ववल आचार्य लगायत दर्जनौंले दूतावासलाई तेल दिन जाऔं भनेर ट्विट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment