Comments Add Comment

भैरहवा नाकामा तनाव, प्रहरी र प्रदर्शनकारीबीच झडप

Bhairahawa-Jhadap-1सलमान खान

२० असोज, भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दशगजामा क्षेत्रमा फेला परेका ति घाइतेको परिचय खुलेको छैन ।

नाकाबन्दी गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार नाका क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हटाउँदा झडप भएको थियो । दशगजा क्षेत्रबाट प्रदर्शनकारीले ढुंगा बर्साएपछि नेपालका सुरक्षाकर्मी केहिबेर पछि हटेको थियो । एकछिनपछि प्रहरी अघि बढेपछि आन्दोलनकारी भारतीय भूमितर्फ भागेका छन् ।

प्रदर्शनकारीलाई भगाउन प्रहरीलाई स्थानीयले समेत सहयोग गरेका थिए ।

सदभावना अध्यक्ष राजेन्द्र महतोले भैरहवाको क्षेत्रको आन्दोलनको नेतृत्व गरेका छन् । यसअघि भैरहवा भन्सार नाकामा धर्नाको जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो ।

तर, सो नाकामा धर्ना प्रभावकारी नभएको र भारतबाट सामानहरु आयात भैरहेको पाइएपछि महतो आफैले नेतृत्व सम्हालेका छन् । उनी मंगलबार भैरहवा पुगेका थिए । उनले भारतीय सीमा बजार सुनौलीमा बसेर आन्दोलनमा कार्यकर्ताहरु परिचालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment