Comments Add Comment

बुधबार ६० ट्यांकर इन्धन नेपाल भित्रियो

Bhairahawa-Belhiya-Bhansar

२० असोज, काठमाडौं । बुधबार भारतले नाकाबन्दी लगाएपछि सबैभन्दा ठूलो परिमाणमा इन्धन भित्रिएको छ दिनभरमा भारतबाट तेल र ग्यास बोकेका ६० वटा भन्दा बढी ट्यांकर नेपाल भित्रिएको छ ।

बिराटनगर पारीको भारतीय जोगमनी भन्सारले नेपाली पेट्रोलियम ट्यांकर छोड्न तत्परता देखाएपछि बुधबार अन्य दिन भन्दा धेरै ट्यांकर नेपाल प्रवेश गरेका हुन् ।

बिराटनगरको रानी भन्सार नाकाबाट मात्रै दिनभरमा ४७ वटा तेल तथा ग्यास ट्यांकर नेपाल भित्रिएको भन्सार प्रमुख कृष्णबाहदुर बस्नेतले बताए । जसमा ११ वटा पेट्रोल र ३२ वटा डिजेल बोकेका ट्यांकर छन् भने ४ वटा ग्यास बुलेट पनि रानी भन्सार पास भएका छन् ।

‘अझै पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गर्ने क्रम जारी छ । त्यसले रातिसम्म ५० भन्दा बढी ट्यांकर नेपाल आउँछन् ।’ भन्सार प्रमुख बस्नेतले भने ।

बुधबार भित्रिएको मध्ये राति २/२ ट्यांर डिजेल र पेट्रोल काठमाडौं पनि ल्याइनेछ । यसैगरी दिनभरमा काँकडभिट्टाको मेची भन्सारबाट २ बुलेट ग्यास तथा कैलाली र नेपालगञ्जको जमुनाह नाकाबाट ३/३ ट्यांकर तेल नेपाल भित्रिएको छ ।

बुधबार दिनभरमा बिराटनगरबाट १ सय ७०, मेची भन्सारबाट ७९, नेपालगञ्जबाट १४ र कैलालीको नाकाबाट २७ वटा मालबाहक गाडी नेपाल प्रवेश गरे ।

भैरहवा र बीरगञ्ज नाकामा दिनभर मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरे । वीरगञ्ज र रक्सौलबीचको मितेरी पुलमा मोर्चाको कार्यकर्ताको धर्ना जारी रह्यो ।

भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दिउसो झडप भयो । जसका कारण एउटा पनि गाडी भैरहवाबाट नेपाल भित्रिन पाएनन् । मंगलबार पनि भैरहवा नाका ठप्प थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment