Comments Add Comment

बाबुरामले भने-थारुको माग जायज, भारतको नाकाबन्दी बेठिक

Baburam-Bhattrai

२० असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमांकनबारे थारु समुदायको माग जायज भएको बताएका छन् । तर, नेपालको आन्तरिम समस्यालाई लिएर छिमेकी मुलुक भारतले नाकाबन्दी गर्नु बेठिक भएको बताए ।

एमाओवादी परित्याग गरेपछि तराई मधेसका जिल्लाहरुको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री भट्टराई बुधबार कैलाली पुगेका थिए ।मसुरियामा भएको आमसभामा भट्टराई र हिसिला यमी थरुहट थारुवान जिन्दाबाद लेखिएको फेटा बाँधेर मञ्चमा बसेका थिए । लेखक खगेन्द्र संग्रौला पनि सहभागी थिए ।

सभालाई सम्बोधन गर्दै भट्टराईले सात प्रदेशको सीमांकनमा थारु र मगर समुदायको क्लस्टर बिग्रिएको बताए । अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समिति र आयोगले समेत मधेसमा दुई प्रदेशको सिफारिस गरेको भन्दै उनले जायज माग सम्बोधन गर्नु पर्ने बताए ।

थारु र अखण्डको माग राज्यसँग भएको भन्दै उनले कसैले पनि एकअर्काविरुद्ध विद्वेष फैलाउन नहुने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भारतीय नामाबन्दी नाजायज भन्दै विरोध गरे । उनले सबै मिलेर कूटनीतिक रुपमा समस्या समाधानका लागि पहल गर्नु पर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment