Comments Add Comment

आन्दालेनकारीले फेरि जलाए चीनको झण्डा

China-Flag-Burn-at-Madhesh

एस.के शान

२० असोज, सप्तरी । सप्तरीको भारदहमा आन्दोलनकारीको एक समूहले चीनको झण्डा लगाएका छन् । उनीहरुले भारतको पक्षमा नाराबाजी गरेका छन् ।

स्वतन्त्र मधेसी युवा समुह पोर्ताहा, भारदह, मधवापुर सप्तरीको अगुर्वामा बुधवार सप्तरीको भारदहमा एक समुहले चीनको झण्डा जलाएको हो । पोर्ताहाको कंकालीनी माबिबाट निस्केको जुलुस भारदह चौकको परिक्रमा गरि पोर्ताहा चौकमा चीनको झण्डा जलाएका हुन् ।

जुलुसका सहभागीहरुले ‘चीन गो ब्याक, मधेस आन्दोलनमा भारतीय सहयोग जिन्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

असोज ३ गते संविधाानसभाबाट जारी भएको संविधानलाई चीनले स्वागत गरेको तथा ५४ दिनदेखि जारी मधेस आन्दोलनमा समर्थन नगरेकाले चीनको झण्डा जलाएको जुलुसका अगुवा शंकर खिडहरी यादवले बताए ।

उनीहरुले मधेसका मुद्धा सम्बोधन गराउन सरकार र तीन दललाई दवाव सृजना गरेको भन्दै भारत जिन्दावाद को नारा समेत लगाएका थिए ।

यसअघि आन्दोलनकारी सुनसरीमा चीनको झण्डा जलाएका थिए । त्यो विवादले मधेसी मोर्चामा समेत बबाल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment