Comments Add Comment

सर्राका श्रीप्रसाद मृत अबस्था भेटिए

२१ असोज, दाङ । दाङको घोराहीमा एक जना बृद्ध मृतअबस्था भेटिएका छन् । घोराही नगरपालीका १ सर्रा निबासी ६० वर्षका श्रीप्रसाद चौधरी घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएका छन् ।

गुरुवा रहेका श्रीप्रसाद छिमेकी खुसीराम चौधरीको घरमा झारफुक गरेर घर फर्केका थिए । उनी दिउँसो चार बजे नै घर फर्किएको भएपनि राति अवेरसम्म नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए । चौधरीको आँखामा गम्भिर चोट लागेछ ।

घटनाको प्रकृति हेर्दा हत्या भएको प्रहरीले आंशका गरेको छ । रातभर घटना स्थलमै प्रहरीले पहरा दिएपछि बिहीबार बिहान पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा चौधरीको शबलाई पुर्‍याइएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment