Comments Add Comment

दार्जीलिङलाई सिक्किममा गाभ्ने बहस

२१ असोज, दार्जीलिङ । गोरखाल्याण्ड आन्दोलनका नेता विमल गुरुङले ९ वर्ष संघर्ष गर्दा पनि गोरखाल्याण्ड नपाइएको भन्दै अब दार्जीलिङलाई सिक्किम राज्यमा गाभेर देखाउन दिल्लीलाई चुनौती दिएका छन् ।

Sikkimगुरुङले एक सभामा यस्तो बताउना साथ गोरखा राष्ट्रिय कांग्रेसका निमा लामाले सिक्किम-दार्जीलिङ एकीकरणको प्रस्तावलाई स्वागत गरेका छन् । आफूहरुले दार्जीलिङलाई सिक्किममा गाभ्ने प्रस्ताव सन् २००४ देखि नै उठाउँदै आएको लामाले बताए छन् ।

विमल गुरुङको यस्तो अभिव्यक्तिले पूर्वोत्तर भारतमा नयाँ बहस सुरु भएको छ ।

सिक्किम र दार्जीलिङ दुबै नेपाली भाषीहरुको बाहुल्य रहेका भारतीय भूमि हुन् । दार्जीलिङ पश्चिम बंगाल राज्य अन्तरगत पर्ने पहाडी भूभाग हो भने सिक्किम भारतको २२ औं राज्य हो । भारतमा गाभिनुअघि सिक्किम अलग्गै स्वतन्त्र देश थियो ।

आफ्नो पार्टीको नवौं स्थापना दिवसमा बोल्दै विमल गुरुङले दार्जीलिङलाई सिक्किममा गाभ्न दिल्लीलाई चुनौती दिए पनि आफूचाँहि गोरखाल्याण्डकै पक्षमा रहेको बताएका छन् ।

ममतालाई स्वागत नगर्नु

गुरुङले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई नभेट्ने बताएका छन् । जातीय कुरा गर्ने ममतालाई दार्जीलिङमा स्वागत नगर्न उनले भने ।

‘मुख्यमन्त्री ममता बेनर्जी २७ पटक दार्जीलिङ आइन्, उनी कञ्चनजंगा मुस्कुरायो मात्रै भन्छिन्,’ गुरुङले भने,’ तर हामी रोएको उनी देख्दिनन् ।’

विमलले ९ हजार किलोमिटर पार गरेर दिल्लीमा पैदल यात्रा गर्ने बताएका छन् । गोरखाल्याण्ड नल्याई दिल्लीबाट नर्फकने उनले अठोट गरेका छन् । दिल्लीमा सांसदको घरघरमा पैदल यात्रा गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment