Comments Add Comment

साँचो प्रेममा शारीरिक नजिकपना स्वभाविक, अब प्रेम गर्दिनः बर्षा सिवाकोटी

Barsha-Siwakoti-d

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । चलचित्र भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनी अब भने ठूलो पर्दामा नै जम्ने बताउँछिन् । अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’सँग कुरा गर्दै उनले मनका कुराहरु खोलेकी छिन् । आफ्नो व्यक्तिगत र चलचित्र करिअरका बिषयमा सिवाकोटीले गरेको कुराकानी यहाा प्रस्तुत छ:

‘नाई नभन्नु ल २’कि नायिका कसरी ‘पशुपति प्रसाद’मा पुग्नुभयो ?
जतिबेला ‘नाई नभन्नु ल २’को सम्पादन कार्य भैरहेको थियो, ‘झोले’ चलचित्रको पनि एकसाथ सम्पादन भैरहेको थियो । त्यही समयमा निर्देशक दिपेन्द्र के खनालले मलाई नोटिस गर्नु भएको रहेछ । पछि जब ‘पशुपति प्रसाद’ बन्ने कुरा भयो, उहाँहरुलाई नयाँ अनुहार चाहिएको रहेछ । पुरानै अनुहार राख्दा पात्रलाई पत्याउन दर्शकले नसक्ने अवस्था रहेछ ।

तर, तपाइलाई माधव वाग्लेको सिफारिशमा यो चलचित्र मिल्यो भन्छन् नि ? माधव जीले पनि यो कुरा स्विकार गर्नु भएको छ ?
हो, माधव दाइले मेरो कामलाई नोटिस गर्नु भएको रहेछ । चलचित्रको स्त्रिmप्टिङमा उहाँ नै बस्नु भएको रहेछ । मसँगको पहिलो भेटमा नै उहाँले भन्नु भएको थियो कि, मलाई तिम्रो काम मन पर्छ । कुनै निर्माताले लगानी गरेकै चलचित्रमा काम गर्नुपर्छ भन्ने पनि छैन नि ।

तपाइको अहिले म्यूजिक भिडियोको काम कम भएको हो ?
म चलचित्रमा व्यस्त भएर भिडियो कम देखिएको हो । मैले लगातार २ वटा चलचित्रमा काम गरे ।

तपाइलाई म्यूजिक भिडियोमा लिन छाडियो भन्ने सुनिन्छ, कुरा के हो ?
आज सम्म मैले जस्तो पनि भिडियोमा मोडलिङ गरे । अब मैले गुणस्तरलाई पनि ध्यान दिन थालेकी छु । मैले नै धेरै अफरलाई नकारेको हो । अब भिडियो भन्दापनि चलचित्रमा धेरै ध्यान दिने सोच बनाएकी छु । मैले राम्रा निर्देशक सबैसँग भिडियो गरिसके ।

तपाइको त प्रेम पनि टुट्यो, कारण के थियो ?
यसको जवाफ मसँग छैन ।

प्रेममा विश्वास भएन कि मन मिलेन ?
मैले कामलाई मुख्य प्राथमिकतामा राखेकी थिएँ । सुरुमा आफू अनी मेरा लागि काम थियो । जब कुनै कुरालाई प्राथमिकतामा राखिदैन भने त्यसमा अल्झिराख्नु आवश्यक पनि छैन ।

प्रेम वेकार गरे भन्ने लाग्छ कि सही समय होइन रहेछ भन्ने लाग्छ, अहिले ?
दुबै लाग्छ मलाई । वेकार पनि हो । वेकारमा समय मात्र खेरा गयो जस्तो लाग्छ ।

तपाइको जवाफ सुन्दा लाग्छ, तपाईहरु ठूलै झगडा र असन्तुष्टीले अलग हुने भयो ?
खै केही याद पनि छैन मलाई, नयाँ बिषय प्लिज…

अब कसरी अगाडि बढ्ने सोच छ ?
अब अवरोध गर्ने कुरा केही पनि छैन । यसैले कामलाई नै अगाडि बढाउछु, काममै फोकस हुन्छु । पढाई पनि अन्तिम बर्ष बाँकी छ, राम्रोसँग सक्ने योजना छ ।

तपाइलाई आजसम्म आफूले गरेको सवैभन्दा ठूलो भूल के थियो भन्ने लाग्छ ?
जब गलत मानिसहरुसँग सम्बन्ध टुट्यो, उनीहरुको बिषयमा अाफ्नो अगाडि कुरा हुँदा लाग्छ कि मैले उनीहरुसँग संगत गरेर ठूलो भूल गरेछु ।

उसो भए तपाई अब चलचित्र करिअरको अवधीमा प्रेम र गलत संगतमा पर्नु हुन्न ?
कहिल्यै पनि पर्दिन । त्यो सबबाट सकभर आफूलाई टाढा राख्ने कोशिश गर्छु ।

के प्रेममा पर्छु भनेर पर्ने र पर्दिन भनेर नपर्ने कुरा हो र ?
तर, आफूलाई त रोक्न सकिन्छ नि । किनकी प्रेम गर्न पनि आफ्नै हात मुख्य जिम्मेवारी हुन्छ । प्राथमिकता अरु चिजमा भएपछि त्यही कुरामा व्यस्त भइन्छ, प्रेमको लागि समय हुँदैन ।

तपाइलाई लाग्छ, तपाई आफ्ना शारीरिक, मानसिक र आकर्षित चाहनालाई रोक्न सक्नुहुन्छ, के यो संभव छ ?
सक्दिन, तर सबै कुरा आफ्नै अधिनमा हुन्छ ।

शारीरिक बासनाले प्रेम खोज्छ कि प्रेमले शारीरिक बासना खोज्छ ?
प्रेम सुँघेर हुने कुरा होइन । व्यक्तिसँग जब बिचार र भावना मिल्छ, तब दुई जनामा लगाब बढेपछि हुने कुरा हो । साँचो प्रेममा कोही छ भने, शारीरिक नजिकपना हुनु स्वभाविक हो । र शरिर भन्दा अगाडि प्रेम आउँछ । Barsha Siwakoti-2

यो क्षेत्रमा आएपछि दिकदारी अर्थात फ्रस्टेनशन आउँदो रहेछ कि रहेनछ, कस्तो बेलामा यस्तो भोग्नु भएको छ ?
हो, आयाे केही दिकदारीपना । जब हामी आफ्नो काम, पढाईमा व्यस्त हुन्छौ, त्यतिबेला केही पछाडि देखिइन्छ । सो समयमा आफ्नो बिषयमा गलत कुराहरु निस्कन थाल्दा रहेछन् । यी कुराहरु आफू अगाडि नआएसम्म चलिनै रहन्छन् । यो मेरो भोगाई पनि हो । कोहीसँग हिड्न गाह्रो हुने, नराम्रो कुराहरु चाडै नै फैलने गर्छ, यो क्षेत्रमा । हरेक पाइलामा सर्तकता अपनाएर हिड्नु पर्दो रहेछ ।

विशेषगरि, नव-नायिकामाथि हुने शोषण र अफर तपाइले भोग्नु भएको छ या छैन ?
यो कुरामा भने म आफूलाई लक्की नै मान्छु । आजसम्म, कोहीसँग काम माग्दै हिड्नु परेको छैन । जसले गर्दा मलाई कुनै कुरामा शोषित र नेगेटिभ अफर आएको छैन । मेरो त्यस्तो घनिष्ट सम्बन्ध कोहीसँग पनि छैन ।

काम आउँछ गर्छु, नभए आफ्नै काममा नै व्यस्त हुन्छु । अरु नायिकाहरु जस्तो ग्रुपिजम गरेर बस्दिन । मलाई लाग्छ, कामलाई चिन्ने मानिसहरु पनि यो क्षेत्रमा छन् । कोहीसँग देखा पर्दैमा, नाम जोड्दैमा, कार्यक्रममा धेरै देखा पर्दैमा स्टार हुने होइन ।

तपाइको मतलब, यो क्षेत्रमा नायिकाको नै ग्रुपिजम छ, कसरी पुष्टी गर्नुहुन्छ ?
त्यो त सामाजिक संजालहरुबाट पनि थाहा हुन्छ । कहाँ कोसँग हुन्छ भनेर । कामको भन्दा धेरै अरु कुराहरुको समाचार आइरहेको हुन्छ । म, यी सबै कुराहरुबाट टाढा नै बस्न रुचाउँछु । कुनै कार्यक्रममा जान्छु भनेर बोलेकी छु भने मात्र जान्छु, नत जान रुचाउँदिन ।

नायिकाहरु नायिकाकै भाग खोस्न लागिपर्छन् भन्ने सुनिन्छ, के यस्तो भोग्नु भएको छ ?
यो क्षेत्रमा सबै त्यस्तै नै हुन् । सबैलाई माथि जानु छ । सबैलाई पपुलर बन्नु छ । यसैले, कोही चर्चामा आउँछ र आफू कमजोर बनेको महशुश भयो भने डाहा र स्वार्थ सुरु भैहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment