0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेपालले तेल किन्न प्रस्ताव गरेसँगै बंगलादेशले प्रशोधन क्षमता बढाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २६ गते ११:१७

२६ कात्तिक, ढाका । नेपालले प्रशोधित तेल आयातका लागि रुची देखाएसँगै बंगलादेश सरकारले आफ्नो तेल प्रशोधन क्षमता बढाउने भएको छ ।

Bangaladeshबंगलादेशमा तेल कारोबार गर्ने सरकारी कम्पनी बंगलादेश पेट्रोलियम कर्पोरेसनले बुधबार एक फ्रान्सेली कम्पनीसँग बाषिर्क ३० लाख टन कच्चा तेल प्रशोधन गर्नेगरी दोस्रो युनिट स्थापनाका लागि सम्झौता गरेको बंगलादेशबाट प्रकाशित द स्टार दैनिकले जनाएको छ ।

बंगलादेशका उर्जाराज्य मन्त्री नसरुल हमिदले भने- दोस्रो युनिट पुरा भएसँगै हामी तेल निर्यात गर्न सक्षम हुनेछौं ।’ नेपालले बंगलादेशबाट तेल किन्न रुची देखाइसकेको मन्त्री हमिदले जानकारी दिए ।

सन् २०१८ मा युनिट निर्माण कार्य सम्पन्न भएपछि बंगलादेशले नेपालसँगै श्रीलंका, भुटान, म्यानमार र भारतका उत्तरपूर्वी भागमा तेल निर्यात गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?