Comments Add Comment

झापा, मोरङ र सुनसरीलाई नटुक्र्याउन माग गर्दै विर्तामोडमा प्रदर्शन

Birtamod Protest

७ मंसिर, झापा । झापा, मोरङ र सुनसरीलाई प्रदेश नं. १ बाट टुक्र्याउन नहुने भन्दै झापाको बिर्तामोड र्‍याली निकालिएको छ । नागरिक समाज झापाको अगुवाइमा र्‍याली निकालिएको हो ।

सोमबार मध्यान्ह १२ बजेदेखि शुरु भएको र्‍यालीमा सहभागीहरुले नेपालका भण्डा बोकेका छन् । र्‍यालीमा सहभागीहरुले झापा, मोरङ र सुनसरीलाई टुक्र्याउनु पाइँदैन, जनताको एकता जिन्दवाद, हिमाल, पहाड, तराइ कोही छैन पराइ लगायतका नारा लगाए ।

नागरिक समाजका प्रतिनिधिको आइतबार बसको बैठकले सोमबार दिउँसो १२ बजे वृहत र्‍याली र खबरदारी सभा गर्ने निर्णय गरेको थियो । र्‍याली निकाल्नका लागि यज्ञप्रताप अधिकारीको संयोजकत्वमा समिति नै गठन गरिएको थियो ।

नागरिक समाजको आन्दोलनमा जिल्लाका प्रमुख राजीतिक दलहरुले समेत समर्थन जनाएका छन् । उनीहरुले पनि प्रदेश नं. १ बाट झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने अडानमा लिएका हुन् ।

आइतबार प्रमुख दलले पत्रकार सम्मेलन गरी राष्ट्रियताको विषयसँग जोडिएका आन्दोलन भएकाले सबैलाई सहभागी हुन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment