Comments Add Comment

स्मार्ट लाइसेन्सपछि अब मेसिनले पढ्ने ‘इम्बोस्ड नम्बर प्लेट’

Embossed-Number
१७ मंसिर, काठमाडौ । सबै सवारी साधनमा अब मेसिनले पढ्नसक्ने ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने तयारी भएको छ ।

लाईसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले रेडिमेड इम्बोस्ड नम्बर प्लेटको आपूर्तिका लागि टेडण्र आह्वान गरेको छ । हस्तलिखित नम्बर प्लेट मात्र प्रयोग भइरहेका बेला विभागले आधुनिक इम्बोस्ड नम्बर प्रणालीमा जाने निर्णय गरेको हो ।

इम्बोस्ड नम्बर प्लेटले परम्परागत नम्बर प्लेटहरु विस्थापित गर्ने । ५ वर्षभित्र २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिसक्ने लक्ष्य लिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् । अब ५ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागु गर्न तयारी गरेको छ ।

सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोस्ड नम्बर प्लेट एउटा सवारीको अगाडि र पछाडि राखिने छ । जसभित्र सवारी र सवारीधनिका सबै विवरणहरु राखिनेछ । जसलाई प्रहरीसँग हुने हाते मेसिन र विभिन्न ठाउँमा राखिने ठूला मेसिनहरुले रिड गर्न सक्छन् ।

इम्बोस्ड नम्बर प्लेटका विशेषता

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ ।

यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट विभाग आफैंले नै वितरण गर्नेछ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीपसहितको स्टीकर टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेक जाँच गर्न सक्छ । स्मार्ट ब्लु-बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिन सहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्युटरमा अटो इन्ट्री गर्नेछ ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेष गरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसीनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागका महानिर्देशक श्रेष्ठले बताए ।

इम्बोस्ड नम्बर प्लेट राख्न भने सवारी धनीले निश्चित रकम तिर्नुपर्ने छ । एउटा सवारीको नम्बर प्लेट परिवर्तन गर्न २५ सय रुपैयाँ लाग्ने अनुमान छ ।

यो हस्तलिखित राहदानी परिवर्तन गरेर एमआरपी लिए जस्तै भएकाले शुल्क लिने कुरा स्वभाविक हुने श्रेष्ठले बताए । एकपटक इम्बोस्ड नम्बर प्लेट राखेपछि त्यसको आयु १० वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment