Comments Add Comment

पूर्वमन्त्री लोकेन्द्र विष्ट एमाओवादीमा फर्किए

१८ मंसिर, काठमाडौं । पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा थमाएर कालो धान उत्पादन गर्न भकुण्डेबेसी झरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट एमाओवादीमा फर्किएका छन् ।

Lokendra bista magarकेही दिनदेखि चलिरहेको एमाओवादीको केन्द्रीय समिति बैठकमा विष्ट पनि सहभागी भएका छन् । उनले आत्मनिर्भर बन्दै देश र जनताको सेवामा लाग्नुपर्‍यो भनेर पार्टीमा फर्किएको बैठकमा बताएका छन् ।

प्रचण्डलाई राजीनामा बुझाएर विष्टले साउन पहिलो सातादेखि व्यवसायिक कृषि सुरु गरेका थिए । उनले काभ्रेको भकुण्डेमा कोरियाबाट ल्याएको कालो धान फलाएका छन् ।

२१ बुँदे असहमति राख्दै पार्टी छाडेपनि विष्टले दिएको राजीनामा स्वीकृत भएको थिएन । यो बीचमा एमाओवादी अध्यक्ष प्रचण्डले केही पटक विष्टलाई भेटेर पार्टीमा फर्कन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment