+
+
Shares

भावर प्रदेश नपाए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १४:४८

Badri-Naupane

२९ मंसिर, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफूहरुसँग २०६४ सालमा गरेको सम्झौता अनुसार भावर प्रदेश कायम नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर चुरे भावरका अध्यक्ष बद्री प्रसाद न्यौपानेले भावर प्रदेश दिन कन्जुस्याई गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने-‘मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र ९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गरेको छ । अहिले मधेसी मोर्चालाई मात्र प्रदेश दिएर हामीहरुको सम्झौता कार्यान्वयन नहुने हो भने त्यसको परिणाम राज्यले भोग्नु पर्नेछ ।’

न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गर भन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भइरहेको बताए ।

उनले मधेसी मोर्चाले प्रयास गर्दा गर्दै पनि आफूहरुकै आन्दोलनका कारण ढल्केवरदेखि पश्चिमको राजमार्ग बन्द नभएको र त्यसको फलस्वरुप राजधानीबासीहरुले अत्यावश्कीय बस्तु पाईरहेको दाबी समते गरेका छन् ।

न्यौपानेले भने-‘एक महिनादेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौ तर राज्यले हाम्रो माग सुनिरहेको छैन । अब दोस्रो चरणको आन्दोलनको लागि चुरे भावर कार्यकर्ता टाउकोमा कफन बाधेर निस्किसकेका छन् । अब राज्यले यसको परिणाम भोग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?