विकास श्रेष्ठ
१८ पुस, काठमाडौं । १२ वर्षे लुमर्ही भद्रकालीको खड्ग सिद्धि जात्रा अन्तरगत शनिबार नक्सालमा देवगणहरुको नाच प्रस्तुत गरिएको छ ।
देवगणहरुलाई हाँस, कुखुरा र बोकाको बली दिइएको थियो । वली दिएपछि देवगणहरुले पालै पालो आलो रगत खाने प्रचलन समेत छ ।