Comments Add Comment

म रियलमा पनि बोल्ड छु, शिवम् जीले चोर्न जान्नु भएनः बर्षा राउत

barsha-hot
चलचित्र ‘काफल पाक्यो’कि नायिका बर्षा राउत अहिले उत्साहित छिन् । उनले अभिनय गरेको चलचित्र ‘काफल पाक्यो’ माघ १ गतेबाट हलमा लाग्दैछ । सोही चलचित्रको प्रचारमा व्यस्त बर्षाले निरन्तर चलचित्रमा काम गर्ने बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्र र आफ्नो करिअरको बिषयमा केही कुरा खोलिन् ।

१. काफल पाक्यो कस्तो चलचित्र हो ?
यो एउटा कमेडी र यात्राको कथामा तयार भएको चलचित्र हो ।

२. चलचित्र भित्र तपाइले के गर्नुहुन्छ ?
म यसमा टम ब्वाई क्यारेक्टरको भूमिकामा छु । दर्शकलाई पूर्ण मनोरञ्जन दिने कोशिश गरेकी छु ।

३. तपाइको भूमिका दर्शकका लागि विशेष किन हुन्छ ?
कुनै न कुनै भूमिका दर्शकका लागि त विशेष भैहाल्छ । चलचित्र फरक खालको पनि छ । चलचित्र भनेकै रमाइलोको लागि बनाउने हो । भूमिका पनि रमाइलो खालको नै छ ।

४. ‘फन्को’सँग को भिडन्तले कत्तीको असर गर्ला ?
हामीलाई खासै असर पर्छ भँने लाग्दैन । आखिर, कुनै न कुनै चलचित्रसँग त जुध्नु परिहाल्छ । त्यस्तो अप्ठ्यारो पर्छ जस्तो लाग्दैन । दर्शकले दुबै चलचित्र हेर्नुहुँछ ।

५. चलचित्र हेरेपछि दर्शकले तपाइ वा जीवन लुइटेल मध्ये कसलाई बढी संझेलान् ?
मलाई लाग्छ दुबै जनालाई नै संझनेछन् । जीवनजी पनि कमेडी लुक्समा हुनुहुन्छ । दुबैजनालाई नै दर्शकले चलचित्र हेरेपछि संझनेछन् ।
barsha-raut-hot
६. ‘काफल पाक्यो’ हेर्नुपर्ने ३ वटा कारण के होला ?
मुख्य त यो चलचित्र मनोरञ्जनका लागि नै हेर्ने हो । यसपछि माया गरेपछि मान्छेहरु कत्तीसम्म प्रतिवद्ध हुन्छन् भन्ने देखाउन खोजेको छ । जागिर खाने मानिसले कती दौडधुप गर्नुपर्छ भन्ने पनि कथा यसमा देखाइएको छ ।

७. ‘काफल पाक्यो’ भनेर दर्शकले के वुझ्ने त ?
काफल विशेषगरि वैशाखमा नै पाक्छ । यसैले यसको अर्थ लगनगाँठो गाँस्ने महिना भनेर चिनिन्छ । त्यहीअनुसार नाम राखिएको हो ।

८. दर्शकले पर्दामा बर्षाको बोल्ड अवतारलाई हेर्न पाउँछन् कि पाउँदैनन् ?
पक्कै पनि हेर्न पाउनुहुनेछ । म बोल्ड अवतारमा नै देखिएकी छु ।

 ९. तपाई यो भूमिकाप्रति किन उत्साहित हुनुभयो ?
मलाई जहिले पनि बोल्ड क्यारेक्टर नै मनपर्छ । मलाई सुट पनि गरेकाले काम गरेकी हुँ ।

१०. तपाई रियल लाइफमा कत्तीको बोल्ड हुनुहुन्छ ?
रियलमा पनि बोल्ड नै छु म । यसैले पनि यस्तो भूमिका गर्न सकेकी हुँ ।

११. ‘काफल पाक्यो’ दर्शकले किन हेर्नुपर्छ ?
२ घँटा पूर्ण मनोरञ्जन लिनका लागि यो चलचित्र दर्शकका लागि विशेष छ । हाँस्ने, रमाउने र रुने ठाउँ धेरै छन् ।

१२. ‘काफल पाक्यो’को कथा प्रदर्शनमा आइसकेको चलचित्र ‘सुश्री’सँग मिल्छ भन्ने चर्चा छ नी ?
‘सुश्री’का निर्देशक शिवम् अधिकारी जीले हाम्रो कथा चोर्न खोज्न भएको रहेछ । तर, सक्नुभएन । मैले त्यो चलचित्र हेरिसकेको छु । हामीलाई कुनै असर पर्दैन ।

१३. तपाई योजना अब के हो ?
हामी नयाँ चलचित्रका लागि तयारी पनि गरिरहेका छौ । निरन्तर चलचित्र बनाउने योजना छ । साथमा विभिँन इभेन्टका लागि पनि काम गरिरहेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment