Comments Add Comment

नेपाली मुद्रा ८ प्रतिशतले अवमूल्यन

nepali-note२९ पुस, काठमाडौं । एक वर्षको अवधिमा डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ ।

२०७१ माघ १४ गतेको तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा नेपाली रुपैयाँ सो प्रतिशतमा ह्रास भएको अभियान दैनिकमा खबर छ ।

गत वर्षको माघ १४ गतेको लागि राष्ट्र बैंकले डलरको सटही दर (बिक्री दर) ९८ रुपैयाँ ५४ पैसा तोकेको थियो । बुधबारका लागि भने राष्ट्र बैंकले अमेरिकी डलरको सटही दर एक सय सात रुपैयाँ ३३ पैसा तोकेको छ ।

वाणिज्य बैंकहरुले भने मंगलबार नै प्रतिडलर एक सय सात रुपैयाँ २५ पैसामा कारोबार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment