Comments Add Comment

खाडीमा गैरकानुनी रुपमा घरेलु कामदार पठाउने गिरोह सक्रिय

Mahila-Himsa२९ पुस, काठमाडौं । सरकारले वैध तरिकाले खाडी मुलुकमा घरेलु कामदार पठाउन ढिलाइ गर्दा गैरकानुनीरुपमा पठाउने गिरोह सक्रिय भएको छ । दलालले भारतीय बाटो हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब, कतार, ओमनलगायतका मुलुकमा महिला कामदार पठाइरहेका छन् । सरकारले भने खाडीमा महिला घरेलु कामदार पठाउँदा असुरक्षा भएको भन्दै विगत पाँच वर्षदेखि रोकेको छ ।

बैध हिसावबले जान नपाउँदा अवैध तरिकाले जान चाहनेको संख्या बढेको अन्नपूर्ण पोस्टमा खबर छ । दलाल मार्फत कुवेत, साउदीलगायतका मुलुकमा लगिएका महिला कामदार बिच्चली परेपछि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले अबैध पठाउने गिरोहलाई नियन्त्रण गर्न सरकारलाई पत्राचार गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले केहीसमय अघि कुतेतबाट निकालिएका कामदारको भिसामा भारत हुँदै पुन नेपाली महिला कामदार ल्याउने गिरोह सक्रिय भएको भन्दै सचेत हुन श्रम तथा रोजगार मन्त्रालयलाई जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment