+
+

प्रहरीले फुटसल बन्द गर्नु ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १ गते १७:२४

Footsal

राजधानीमा सञ्चालित फुटसल खेलमाथि बिहीबार नेपाल प्रहरीले प्रतिवन्धको घोषणा गर्‍यो । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा फुटसल व्यवसायीसँग भएको छलफलपछि प्रहरी प्रशासनले फेरि फुटसल खेल्न खेलाउन दिने भएको छ । (हेर्नुहोस् समाचार- काठमाडौंका फुटसल : २४ घण्टा बन्द, फेरि खुल्ला) ?

प्रहरीको तर्क के छ भने यस्तो फुटसल खेलका कारण विद्यालय जाने केटाकेटीहरु बिग्रिए, फुटसल खेलाउने ठाउँमा दिनभरि र राति अबेरसम्म हुने हल्लाले छरछिमेकमा शान्तिसँग बस्ने नागरिकको अधिकार हनन भयो । अनि महंगो फुटसलमा खर्च गर्न किशोर-किशोरीहरुमा आर्थिक विकृतिसमेत बढ्यो आदि आदि । यसले समाजमा फजुल खर्च र झगडा निम्त्यायो ।

व्यवसायीहरुको गुनासो चाँहि के छ भने एउटा फुटसल कोर्ड बनाउँदा कँतिमा एक करोड लगानी भएको छ । प्रहरीले खेल्न नदिँदा ठूलो लगानी डुब्ने स्थिति आयो । यस्तो फुटसलले फुटबल खेलका खेलाडीलाई पनि तालिम हुने भएकाले यसलाई विकृति मान्न सकिँदैन । कतिपय स्थलमा विकृति बढेको भए त्यसलाई नियन्त्रण गरियोस् तर ४ वर्षअघिदेखि नेपालमा भित्रिएको फुटसललाई प्रतिबन्ध लगाउनु अनुचित छ ।

तपाईको विचारमा फुटसलमाथि प्रतिबन्ध लगाउन खोज्ने प्रहरीको असफल प्रयासलाई कसरी लिने ? आफ्नो मत व्यक्त गर्नुहोस् :

१. समाजमा विकृति भित्र्याउने, विद्यार्थीहरुलाई बिगार्ने र जुवाकै जस्तो लत बनाउने फुटसलमाथि रोक लगाउने प्रहरीको प्रयास जायज छ । व्यवसायका नाममा युवापुस्तालाई बिगार्न पाइँदैन ।

२. कतिपय ठाउँमा विकृति देखियो भन्दैमा विश्वमै प्रचलनमा रहेको फुटसल खेलमाथि नै प्रतिबन्ध लगाउन खोज्नु भनेको रोगको उपचार गर्ने नाममा बिरामीलाई काट्न खोजेजस्तै हास्यास्पद हो । जसले गल्ती गरेको छ, यसैलाई कारवाही गरे हुन्छ, खेलमाथि नै प्रतिबन्ध लगाउनु ठीक होइन ।

३. पहिले फुटसल सम्बन्धी नीति नियम बनाऊ अनि कारवाही गर । नियमै नबनाई कसरी नियमन हुन्छ ? आर्थिक विकेति रोक्नका लागि फुटसल खेलमा लिने रकमको मापदण्ड तोक्ने, व्यवसायीलाई करको दायरामा ल्याउने आदि गर्न सकिन्छ । छिमेकीलाई डिस्टर्ब नहुने ठाउँमा सञ्चालन गर्नुपर्ने जस्ता नियमहरु तोक्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment