Comments Add Comment

पूर्वअमेरिकी राष्ट्रपति बुस विकिपेडियामा नम्बर वान

George-W-Bush

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस दुइपटक अमेरिकी राष्ट्रपति बने र इराक र अफगानिस्तानमा युद्ध सुरु गर्दै कथित आतंकवाद विरुद्धको युद्धमा नयाँ इतिहास कोरे । यद्यपि उनी अब फेरि इतिहास लेख्ने हैसियतमा छैनन् ।

तथापि उनको नाउँमा इतिहास लेखाइदिनेहरुको भने कमी छैन । बुसले इन्टरनेट इन्साइक्लोपेडियामा विकिपेडियामा अरुकै कारण नयाँ इतिहास बनाएका छन् । उनी विकिपेडियामा सबैभन्दा धेरैपटक संसोधन हुने व्यक्तिको सूचिमा पहिलो नम्बरमा परेका छन् ।

आफ्नो १५ औँ वाषिर्कोत्सवको अवसरमा विकिपेडियाले सार्वजनिक गरेको तथ्यांक अनुसार जर्ज डब्लु बुसको विकिपेडिया पेजमा विकिपेडियाका स्वयंसेवीहरुद्धारा सबैभन्दा बढि पटक संसोधन भएको छ ।

सन् २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका बुसको विकिपेडिया पेज ४५ हजार ८६२ पटक इडिट भएको छ ।

सबैभन्दा बढि पटक संसोधनमा पर्ने टपटेन पेजहरुको सूचिमा दोश्रो स्थानमा रेस्लिंग प्रतियोगिता डब्लु डब्लु ई का खेलाडिहरुको सूचि सम्मिलित पेज रहेको छ । रेस्लिंग खेलाडिहरुको पेज भन्दा बुसको पेज ३ हजार बढि पटक संसोधन भएको छ ।

विकिपेडियामा सबैभन्दा बढि संसोधन हुने तेश्रो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ । चौथो स्थानमा विकिपेडिया आफै रहेको छ । त्यस्तै माइकल ज्याक्सन, जेसस तथा क्याथोलिक चर्च नामक पेजहरु पनि सबैभन्दा बढि पटक संसोधन हुनेमा परेका छन् ।

विश्वभर फैलिएका विकिपेडियाका स्वयंसेवीहरुबाट विकिपेडिया अहिलेसम्म ८० करोड ८१ लाख ८७ हजार ३६७ पटक संसोधन भएको तथ्यांकले देखाएको छ ।

विकिपेडियामा सबैभन्दा बढि पटक सम्पादन हुने पेजहरु यी छन्

सम्पादन हुने साइट सम्पादन भएको संख्या (पटक)
जर्ज डब्लु बुस ४५,८६२
डब्लु डब्लु इ खेलाडिको सूचि ४२,८३६
संयुक्त राज्य अमेरिका ३५,७४२
विकिपेडिया ३३,९५८
माइकल ज्याक्सन २८,१५२
क्याथोलिक चर्च २६,४२१
फिलिपिनो टेलिभिजन एबीएस सिबिएनले प्रशारण गर्ने कार्यक्रमको सूचि २५,१८८
जेसस क्राइस्ट २५,०८४
बाराक ओबामा २४,६१२
एडोल्फ हिटलर २४,६१२
ब्रिट्नी स्पेयर्श २३,८०२
दोश्रो विश्वयुद्ध २३,७३९
सन् २०१३ का मृत्युहरु २२,५२९
दी बिटल्स २२,३९९
इण्डिया २२,२७१

सन् २००१ को जनवरी १५ मा सुरु भएको विकिपेडियामा अहिलेसम्म ३ करोड ६० लाख आलेख अर्थात् पेज रहेका छन् । विकिमिडिया फाउन्डेसनका अनुसार विश्वका ८० हजार स्वयंसेवीहरुले विकिपेडियामा सूचना तथा जानकारी थप्न वा संसोधन गर्न सहयोग गरिरहेका छन् ।

विकिपेडिया अहिले विभिन्न २८० भाषामा उपलब्ध हुनुका साथै मासिक रुपमा १ करोड ८० लाख पेज भ्यू रहेको छ । विकिपेडिया विश्वको सबैभन्दा बढि पढिने वेबसाइटको रुपमा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment