Comments Add Comment

दीपेन्द्रलाई प्रश्नः १३ दिनमा कसरी खिचियो २ घन्टा ११ मिनेटको चलचित्र ?

pashupati-prasad

चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दीपेन्द्र के खनाल चर्चामा छन् । उनले निर्देशन गरेका हरेक चलिचत्रमा उनले कुनै न कुनै प्रयोग गर्ने गर्छन् । नेपालमा ‘थ्री डी’ प्रविधीमा ‘भिजिलान्ते’ नामक चलचित्र उनले नै बनाए ।

नायिका मनिषा कोइरालालाई लिएर ‘धर्मा’ नामक चलचित्र बनाए । उनै दीपेन्द्रले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ अहिले चर्चामा छ । आखिर, यो चलचित्र के हो र यसले कस्तो सन्देश दिन खोजेको छ, यसैको सेरोफेरोमा रहेर हामीले दीपेन्द्रसँग कुरा गरेका छौ ।

१. पशुपति क्षेत्रमा करिब १६ दिन लगाएर चलचित्र खिच्नुभयो, गाह्रो भयो कि सजिलो ?
पशुपति क्षेत्रमा चलचित्र खिच्न खुबै गाह्रो यिो । अनुमती लिन पनि खुबै गाह्रो भयो । सदस्य सचिवलाई हामीले कथा नै वुझाएका थियौ, उहाँले पनि लामै समय अध्ययन गर्नुभयो । अनुमती लिदा हामीलाई त्यहाँको नियम लिखित रुपमा नै दिइएको थियो ।

हामीले चलचित्र खिचिन्जेल माछा, मासु, अण्डा केही पनि खाएनौ । अहिलेसम्म पशुपतिमा यसरी कुनै हलिउड वा बलिउड चलचित्र पनि खिचिएको छैन । म हरेक दिन गएर कुन दृश्य कहाँ कसरी खिच्ने भन्ने  योजना बनाउथ्यँ । अनी मात्र क्यामेरा अन गरेर काम हुन्थ्यो । हामीले त्यत्रो दिन खिच्दा पनि कसैको भावनामा चोट पुर्‍याएनौ ।

२. पशुपति भित्र चलचित्र खिच्नु कत्तीको आवश्यकता थियो ? अन्य लोकेशन पनि त थियो होला नी होइन ?
मान्छेको नाम पशुपति प्रसाद नै किन राख्नुपर्‍यो ? त्यो पात्रले  पशुपतिमै किन संघर्ष गर्नुपर्‍यो भन्ने पनि कुरा आउछ । यसको पनि लोजिक हामीले चलचित्रमा प्रस्तुत गरेका छौ । यो कथा नै एकदमै फ्रेस थियो । मैले, पशुपतिको बारेमा जो सोच्थे, त्यो पाइन ।

त्यहाँ हुने आर्थिक कारोवारदेखि व्यापारका कुरा जती पनि छन्, त्यो अनौठो हुँदोरहेछ । हरेक दिन पशुपति पुग्नेलाई पनि ती बिषयमा जानकारी नहुन सक्छ । तर, चलचित्र हेरेपछि मानिसहरु यस कुरामा जानकार हुनेछन् ।

३. पशुपतिमा खिचिएकाले ‘पशुपति प्रसाद’ नाम रह्यो कि, पात्रको नाम नै ‘पशुपति प्रसाद’ हुन्छ ?
होइन, पात्रको नाम नै पशुपति प्रसाद हुन्छ । उसको नाममा पनि कारण छ । फेरि, उसले पशुपति मै आएर संघर्ष गर्नुको पनि कारण चलचित्रमा हेर्न पाइनेछ ।

४. कतिपयले ट्रेलर हेरेपछि कतै ‘टलकजंग भर्सेस टुल्के’को गन्ध आउँछ कि भन्ने पनि प्रतिक्रिया दिएका छन् ? कसरी बच्नु भएको छ यो बिषयमा ?
त्यो कपाल खौरिएको दृश्यका कारण यस्तो प्रतिक्रिया मैले केहीको मुखबाट पनि सुनेको छु । जहाँसम्म टुल्केको कुरा छ, यसमा खगेन्द्रजी र म खुबै सचेत थियौ । डबिङमा पनि हामीले थुप्रै पटक टेक लिएका थियौ । उहाँ पश्चिमको मान्छे भएकाले बेला बेलामा त्यो लबज त आउथ्यो ।

टुल्केको क्यारेक्टरबाट खगेन्द्र जी अगाडि देखिनुभयो, अब यो चलचित्रबाट उहाँको त्यो पात्र परिवर्तन हुन्छ ।

निर्देशक दीपेन्द्र के खनाल

५. चलचित्र के धर्मसँग जोडिएको हो ? संवादले त्यस्तै संकेत गर्छ ?
यो धामिर्क चलचित्र हुँदै होइन । तर हो चाही के हो भने यसले नैतिकता, आदर्शका कुरा गर्छ । धर्मसँगै जोडिएको कुरा पनि छन् । अहिलेको समाज आधुनिकता तर्फ गैरहेको छ । बाबुले लिएको ऋण उसको निधनपछि तिर्नुपर्दैन भन्ने सोच बढेको छ ।

तर, यो चलचित्रले नैकिता पनि सिकाएको छ, धार्मिक आस्थाका कुरा सिकाउने काम गर्छ । जती मानिस आधुनिक भएपनि त्यसले मुल्य मान्यता सिकाउने काम गर्छ ।

६. तपाइको हरेक चलचित्रमा कुनै न कुनै प्रयोग हुन्छ ? के यो पनि एउटा प्रयोग हो ?
पक्कै पनि यो एउटा प्रयोग हो । यसको सेटिङ, कथा भन्ने शैली पनि  प्रयोग हो । एउटा पात्रको यात्रा, संघर्षको दौरानमा अन्य पात्रसँग कसरी उ मिसिन्छ भन्ने कुरा प्रयोग नै हो । पात्र धेरै भएपनि भद्रगोल छैन ।

७. चलचित्र १६ दिनमा खिच्नु भयो, धेरै लामो छैन कि भन्ने पनि लाग्न सक्छ दर्शकलाई ?
चलचित्र २ घन्टा ११ मिनेट लामो छ । खिचेको त अझ हामीले १३ दिनमा हो । धेरै लामो खिचेर राम्रो हुन्छ भन्ने पनि होइन ।

कलाकारसँग हामीले वर्कशप गरेका छौ । यसपछि भने हामीले धेरै होमवर्क गरेका छौ । लोकेशनका लागि त हामीले जम्मा १० दिन अनुमती लिएका थियौ । पशुपतिमा त क्यामेरा लगेर खिच्ने मात्र काम थियो, यसैले पनि लामो समय लागेन ।

८. अहिले ट्रेलर भयंकर हुने तर चलचित्र सोचेजस्तो नहुने देखिएको छ ? कतै तपाइको चलचित्रमा त त्यस्तो छैन नि ?
हो, यो कुरामा पनि हामी धेरै नै सजग छौ । हामीले कथामा नै होमवर्क गरेका छौ । यहाँ कथामा होमवर्क नगर्दा यस्ता समस्या देखिने गरेका छन् । यही समस्या नहोस् भनेर हामीले ९ पटक त कथा री-राइट गरेका छौ । ट्रेलरमा देखाइएको भन्दा धेरै कुरा छ चलचित्रमा ।

महत्वपूर्ण पात्रहरु नै  ट्रेलरमा देखाइएको छैन । चलचित्रको मुलकथा ट्रेलरमा देखाइजस्तो छैन । ट्रेलरमा देखाइएको भन्दा धेरै फरक चलचित्रमा दर्शकले पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment