Comments Add Comment

‘कैफियत’का निर्देशक भन्छन्-‘नन्दिताको करिअर फेरि उचाईमा पुग्छ’

Nandita kc (17)
माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘कैफियत’ । यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेका निर्देशक हुन्, दशरथ गिरी । थुप्रै चलचित्रमा सम्पादन र भीएफएक्सको काम गरिसकेका दशरथ यो चलचित्रको क्याप्टेन बनेका छन् । चलचित्रबाट अत्यन्त उत्साहित देखिएका निर्देशक गिरीसँग अनलाइनखबरले गरेको कुराकानीः

१. ‘कैफियत’ के हो ?
चलचित्र आफैमा मनोरञ्जनको प्याकेज हो । यो चलचित्र पनि त्यही मान्यताबाट निर्माण भएको छ । सामाजिक कथामा बनेको सस्पेन्स थि्रलर हो, यो चलचित्र । यसमा वियोग, प्रेम, एक्सन, सस्पेन्स सबै छ । दर्शकले एउटा पूर्ण चलचित्रमा पाउने सबै कुरा यसमा पाउनुहुनेछ ।

२. यो चलचित्र तपाइका लागि डेब्यू हो, चुनौती कत्ती छ ?
हेर्नुहोस्, काम गर्ने मानिसका  लागि पहिलो होस् या अन्तिम, चुनौती हुन्छ नै । काम गर्नु भनेकै चुनौतीको सामाना गर्नु हो । यसैले यो चलचित्र पनि मेरा लागि चुनौती छ ।

३. तपाइलाई चलचित्र निर्देशन गर्ने सोच कसरी आयो ?
निर्देशन भनेको सबैभन्दा माथिल्लो पोष्ट हो । मैले सम्पादन, एनिमेनशनको काम गरिरहेको छु । जब यो चलचित्र निर्देशनका लागि कुरा आयो, बिषयवस्तु मनपरेपछि काम गर्न अगाडि सरे । म आफ्नो काममा अपग्रेड मात्र भएको हुँ ।
dasharath-giri४. अब तपाइले सम्पादन, एनिमेशनको काम छाड्ने त होइन नि ?
होइन, हामीले एउटा यूनिट बनाएर काम गरिरहेका छौ । मेरो सिंगो टिम नै भएकाले पनि मैले काम छाड्ने भन्ने होइन । म चलचित्र निर्देशन त गर्छु नै तर सम्पादन र एनिमेशन पनि छाड्दिन ।

५. तपाइको चलचित्रका मुख्य दुई कलाकारको कुरा गर्ने हो भने, शंकर शाही ठकुरी नयाँ हुनुहुन्छ, नायिका नन्दिता केसीको करिअर पनि अहिले उचाइमा छैन, यसैले कलाकारमा किन जोखिन मोल्नु भयो ?
कुनै पनि कलाकारको उचाई कतिबेला बन्छ र कतिबेला ओरालो लाग्छ भन्न सकिदैन । मेरो चलचित्रले नन्दिता जी जस्तै अभिनय गर्ने कलाकारलाई माग्छ । नन्दितालाई हिजो पनि कामले नै उचाई दिएको  थियो, अब फेरि ‘कैफियत’ले माथि पक्कै उठाउँछ । शंकर जीको कुरा गर्ने हो भने पुराना चलिरहेका कलाकारबाट आउटपुट आउँदैन भन्ने लागेपछि हामीले उहाँलाई लिएका हौ । उहाँले यो चलचित्रबाट आफूमा रहेको प्रतिभालाई पुष्टी पनि गर्नुहुन्छ ।

६. यही मितिमा अन्य ३ वटा चलचित्र पनि छन्, कसरी उछिन्ला ती चलचित्रलाई ‘कैफियत’ले ?
मलाई कुनै चलचित्रको भिडन्तले फरक पर्छ भन्ने लाग्दैन । चलचित्र राम्रो बनेको छ, मनोरञ्जनका लागि दर्शकले पक्कै हेर्नुहुन्छ । दर्शकले मेरो चलचित्र पनि हेर्नुहुन्छ, अरु नेपाली चलचित्र पनि हेर्नुहुन्छ ।

७. तपाई आफ्नो चलचित्रलाई कती नम्बर दिनुहुन्छ ?
यो गाह्रो प्रश्न भयो । जतिले यो चलचित्र हेर्नुभएको छ, एकदमै उत्साहित हुनुहुन्छ । म पनि उत्साहित छु । चलचित्रलाई नम्बर दर्शकले दिनुहुनेछ ।

८. यसपछि निर्देशनमा तपाई सोच के छ ?
म  काम त गर्छु नै । तर, गुणस्तरमा ध्यान दिएर काम गर्छु । मेरो चलचित्र धेरै आउँदैनन्, कम गर्छु तर राम्रा गर्छु ।

९. तपाई प्राविधिक कुराको अध्ययन गरेर आएको मानिस, ‘कैफियत’मा त्यसको प्रयोग कत्ती भएको छ ?
यसमा मैले प्रस्तुतीमा जोड दिएको छु । प्राविधिक रुपमा पनि चलचित्र दमदार बनेको छ । दर्शकले बिषयवस्तु, प्रस्तुती र प्रविधीमा धेरै फरक पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment