+
+
Shares

सामसुङले ल्यायो ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २२ गते ९:०५

Photo Galaxy A7 (9)

कोरियाली स्मार्टफोन उत्पादक सामसुङले ग्यालेक्सीको नयाँ सेरिज सार्वजनिक गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित कार्यक्रममा सामसुङले मिड रेन्जका दुई स्मार्टफोन ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’ सार्वजनिक गरेको छ ।

मूल्यका आधारमा यी दुई स्मार्टफोन मिड रेन्जका हुन् । तर, डिजाइन र निर्माण गुणस्तरका हिसावले यी पि्रमियम क्लासका स्मार्टफोनजस्तै छन् ।

दुवै फोन १०८० पिक्सेलको एमोलेड डिस्प्लेयुक्त छन् । यसैगरी १६ जीवी स्टोरेज, १३ मेगापिक्सेलको क्यामेरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, एन्ड्रोइड ललिपप अपरेटिङ सिस्टम, मेटल र ग्लासबाट बनेको कभर दुवै फोनका साझा बिशेषता हुन् ।

मात्र, भिन्नता के छ भने, ए ७ साढे ५ इन्चको ठूलो स्क्रिन फोन हो भने ए ५ चाहिँ ५.२ इन्चको साइजमा छ । यसैगरी ए ७ मा ३ जीबी र्‍याम छ भने ए ५ मा २ जीवी । यसैगरी ए ७ मा ३ हजार ३ सय मिलि एम्पियरको ब्याट्री लाग्दछ भने ए ५ मा २ हजार ९ सयको ।

ए ७ को मूल्य ४९२ अमेरिकी डलर र ए ५ को ४३३ डलर रहेको छ ।

Photo Galaxy A7 (8)

Photo Galaxy A7 (1)

Photo Galaxy A7 (3)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?