Comments Add Comment

मलेसियामा कसरी वैधानिक हुने ? वैधानिक हुन नमिले के गर्ने ?

malaysia

रामचन्द्र नेपाल

१३ फागुन, क्वालालम्पुर । मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी श्रमिकलाई वैधानिक बनाउने प्रक्रिया सुरु गरेको छ ।

देशभित्र अवैधानिक कामदारको संख्या धेरै रहेकाले  वैधानिक बनाउन मलेसिया सरकारले १५ फेब्रुअरीदेखि डिसेम्बर अन्तिमसम्म ‘रिहाइरिङ प्रोग्राम‘ गर्ने जनाएको छ । यसबाट धेरै नेपाली समेत वैध भएर काम गर्न सक्नेछन् ।

मलेसियामा अवैधानिक अवस्थामा रहेका कामदार कसरी वैधानिक बन्न सक्छन् ? कस्ता कागजात आवश्यक पर्छ ? भन्ने सूचना नहुँदा कागजातविहीन धेरै नेपाली कामदार बैधानिक बन्न हिचकिचाउने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गर्दै वैधानिक हुने प्रकृया र आबश्यक कागजातबारे विस्तृतमा जानकारी दिएको छ ।

१५ फेब्रुअरी २०१६ अघि अवैधानिक भएको ६ महिना पूरा हुने नेपाली कामदार यो वैधानिक हुने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

कस्ता व्यक्ति सहभागी हुन पाउँदैनन् ?

– अवैधानिक भएको अवधि १५ फेब्रुअरी २०१६ सम्म ६ महिना नपुगेका श्रमिक ।
– यसअघिको सिक्स-पी कार्यक्रममा सहभागी भएका श्रमिक ।
– कम्पनी छाडी भागेका तर भिसाको भ्याद भएका श्रमिक ।
– पासपोर्टमा न्यूनतम दुई वर्ष भ्यालिड अवधि नभएका श्रमिक ।
– स्टुडेन्ट र इम्प्लोइमेन्ट पासअन्तर्गत मलेसियामा रहेका नेपाली ।
– मेडिकल चेकअपमा फेल हुने श्रमिक ।

आवेदन कसरी दिने ?

नेपाली श्रमिकका लागि मलेसिया सरकारले तोकेको कन्सर्टियम पीएमएफ लगायत तीन कम्पनीले अनलाइन आवदेन संकलन तथा रजिस्ट्रेसन गर्नेछ ।

वेबसाइट www.rehiring.gov.my मा गएर पनि अनलाइन आवेदन गर्न सकिन्छ ।

सहभागी हुन नसक्ने नेपाली श्रमिकले के गर्ने ?

मलेसिया सरकारले ल्याएको थ्री प्लस वान कार्यक्रममार्फत घर फर्कन सकिनेछ ।

नेपाली दूतावासले के गर्छ ?

– राहदानी नवीकरण गर्छ ।
– थ्री प्लस वान  कार्यक्रमअन्तर्गत घर फर्कन अनुमतिपत्र प्रदान गर्छ ।
– सूचना र जानकारी प्रवाह गर्छ ।
– आवश्यक सहयोग र समन्वय गर्छ ।

राहदानी नवीकरण गर्न कस्ता कागजात चाहिन्छ ?

– कोन्सर्टियम पीएमएफबाट प्राप्त र रजिस्ट्रेसन स्लिप ।
– पुरानो राहदानीको सक्कल प्रति ।
– नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति ।

राहदानी हराएमा कस्ता कागजात चाहिन्छ ?

– पुलिस रिपोर्ट ।
– पुरानो पासपोर्टको फोटोकपी ।

कहाँ सम्पर्क गर्ने ?

मलेसिया अध्यागमन विभागको सम्पर्क नम्बर ०३८८८०१५५५, ०३८८८०१५५७, कोन्सर्टियम पीएमएफको सम्पर्क नम्बर ०३७८०१८८८८, नेपाली दूतावासको सम्पर्क ०३२०२०१८९८ र हटलाइन ०१६२४७२७७७७ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment