Comments Add Comment

दिपक दीपाको ‘छक्का पन्जा’मा प्रियंका

priyanka-karki-hot
काठमाडौं । ‘वडा नम्वर छ’ मा काम गरेपछि हाँस्य कलाकारको समुहसँग नजिकिएकी पि्रयंका कार्की नयाँ चलचित्र ‘छक्का पन्जा’ मा अनुबन्ध भएकी छिन् ।

उक्त चलचित्रमा अभिनय गर्नका लागि प्रियंकाले आफ्नो ७ किलो ओजन घटाउनुपर्ने भएको छ । अहिले पि्रयंका रामबाबु गुरुङको पुरानो डुंगाको सुटिङमा ब्यस्त छिन् ।

दिपाश्री निरौलाको निर्देशन रहने उक्त चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, शिबहरी पौड्याल मुख्य भूमिकामा हुनेछन् । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यो फिल्ममा सहभागी हुने छैनन् । सिताराम र कुञ्जना सरसफाई कार्यक्रममा ब्यस्त भएकाले सहभागी नभएको दिपाश्रीको भनाई छ ।

दिपक, दीपा र निर्मल शर्माको लगानीमा निर्माण हुने उक्त फिल्ममा किरण केसी, बसुन्धरा भूषाल, बुद्धि तामाङ लगायतका कलाकारले पनि अभिनय गर्ने भएका छन् । फिल्मको सुटिङ चैत ८ गते सुरु हुने भएको छ ।

priyanka-kiss-magne

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment