Comments Add Comment

नेपाल र चीनद्वारा १५ बुँदे संयुक्त विज्ञप्ति जारी

nepal china

१० चैत, काठमाडौं । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार जारी संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ ।

यसलाई नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने चीनले भनेको छ ।

दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ ।

चीन र नेपालबीचको सम्वन्ध नयाँ उचाईमा पुगेको दुई देशको ठहर छ । साथै दुई देशबीच विकास र सम्बृद्धिका नयाँ सम्भावनाहरु खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा १० वटा सम्झौता तथा समझदारी समेत भएको थियो ।

हेर्नुस् बुधबार जारी संयुक्त विज्ञप्तिको एक अंश

Joint-Statement-between-Nepal-and-China

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment