Comments Add Comment

मुगुस्थित रेडियो नेपालको रिले स्टेसनमा तोडफोड

Radio-Nepal-Mugu-Stationकविराज कार्की

११ चैत, मुगु । मुगु जिल्लाको रारा गाविसस्थित मुर्माटपमा रहेको रेडियो नेपालको रिले स्टेसनमा गएराति अज्ञात समूहले आक्रमण गरेको छ ।

बिजुली नभएकाले सोलारबाट दिउँसोमात्र प्रशारण हुने गरेको यस रिले स्टेसनमा अज्ञात समूहले ट्रन्समिसन रिसिभर लगायत महत्वपूर्ण सामाग्री तोडफोड भएको स्टेशन इन्चार्ज गोरख रोकायले जानकारी दिए ।

बिक्रम सम्वत् २०६६ सालमा स्थापना भएको यस रिले स्टेसनबाट मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, दैलेख लगायतका जिल्लाका नागरिकलाई सञ्चार सेना उपलब्ध हुँदै आएको थियो ।

तोडफोडबाट करिव ३५ लाख बराबरको क्षति पुगेको रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतका प्रमुख नरेश थापाले जानकारी दिए । ३०० वाट प्रशारण क्षमताको रिले स्टेसनबाट रेडियो नेपालको १०० मेगाहर्ज प्रशारण हुँदै आएको थियो ।

तोडफोडमा संग्लग्नहरुको खोजी गर्न सुरक्षाकर्मीको टोली त्यस क्षेत्रमा पुगिसकेको मुगुका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment