Comments Add Comment

लोकसेवा आयोगको कूल प्राप्ताङ्क हेर्न पाइने

Loksewa-aayog,-PSC२९ चैत, काठमाडौं । लोकसेवा आयोगको लिखित परीक्षामा उत्तीर्ण भएका र अन्तरवार्तामा सहभागी भएकाहरुले अबदेखि आफूले पाएको कूल प्राप्तांक हेर्न पाउने भएका छन् ।

यसअघि लोकसेवा आयोगका उम्मेदवारहरुले आफूले परीक्षामा पाएको कूल प्राप्तांक हेर्न पाउँदैनथिए ।

लोकसेवा आयोगकी सहायक प्रवक्ता गिता हुमागाईंले अनलाइनखबरसँग भनिन्, ‘सूचनाको हकअनुसार प्राप्तांक हेर्न पाउनु पर्‍यो भनेर धेरै उम्मेदवारहरुले माग गर्नु भएको थियो । त्यसैले सोमबारदेखि यो नयाँ व्यवस्था गरेका छौं । त्यसका लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्छ ।’

कसरी हेर्ने नम्बर ?

कुल प्राप्तांक लोकसेवा आयोगको वेबसाइटमा गएर हेर्न सकिने छ । त्यसका लागि अनलाइनमार्फत् आवेदन फाराम भर्दा उपलब्ध हुने मास्टर आईडी, परीक्षामा सहभागी भएको रोलनम्बर, आवेदन भरेको विज्ञापन नम्बर र उम्मेदवारको जन्ममिति विक्रम संवतमा राख्नुपर्नेछ ।

सोमबार न्याय सेवा सरकारी वकिलका सहसचिवहरुको आन्तरिक प्रतिस्पर्धाको कूल प्राप्तांक वेबसाइटमा राखिएको छ जसको परीक्षा यही चैत २१ गते भएको थियो ।

यस्तो प्राप्तांक प्रत्येक विज्ञापनको सिफारिस भएको मितिले ७ दिनपछि वेबसाइटमा उपलब्ध हुने र कूल प्राप्तांक उपलब्ध गराएको ७ दिनपछि वेबसाइटबाट हटाइने लोकसेवा आयोगकी सहायक प्रवक्ता हुमागाईंले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment