Comments Add Comment

गृहमन्त्रीलाई आधा करोड सुराकी खर्च

Bamdev-Gautam

२ बैशाख, काठमाडौं । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठूलो धनराशी खर्च गर्ने गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५३ औँ प्रतिवेदनले त्यस्तो औँल्याएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्चवापत २५ लाख रुपैयाँ बजेट पाएका थिए ।

तर, तत्कालीन गृहमन्त्री बामदेव गौतम एक्लैले झन्डै दोब्बर रकम खर्च  गरेका छन् । गृहमन्त्री गौतम मात्र होइयन्, तत्कालीन गृहसचिव सूर्य सिलवालले पनि धेरै खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार एक वर्षमा गृहमन्त्री एक्लैले सुराकीको नाममा ४६ लाख रुपैयाँ खर्च गरे भने गृहसचिवले २५ लाख रुपैयाँ खर्च गरे ।

यसरी वितरण हुने रकम कार्यकर्ता र आफन्तलाई वितरण हुने गृहमन्त्रालय श्रोतको भनाइ छ । यस्तो रकमको लेखापरीक्षण नहुने भएकाले सुराकी खर्च परिचालनको नाममा हरेक पर्ष करोडभन्दा धेरै रकम जथाभावी वितरण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment