Comments Add Comment

नेपाल र अफगानिस्तानसहित क्रिकेट सिरिज गर्ने पाकिस्तानको प्रस्ताव

Sheharyar-Khan३ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले नेपाल, अफगानिस्तान र वर्ल्ड ११ को क्रिकेट सिरिज आयोजना गर्ने इच्छा देखाएको छ ।

पीसीबीका अध्यक्ष शहरयार खानका अनुसार यो प्रस्ताव औपचारिक रुपमा स्वीकृत भने भइसकेको छैन । किनकी अझै पनि सुरक्षा कारण कुनै पनि टिम पाकिस्तान जान तयार भएका छैनन् ।

पाकिस्तानका सञ्चार माध्यमहरुका अनुुसार पीसीबी बोर्डको बिहीबार बसेको बैठकमा अध्यक्ष खानले प्रस्तावित खेलका लागि आवश्यक रकम रहेको समेत बताए ।

४ मार्च २००९ मा श्रीलंकाली टोलीको बसमा आक्रमण भएपछि अन्तराष्ट्रिय टिमले पाकिस्तान भ्रमण गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment