Comments Add Comment

नेपालले नामिबियासँग खेल्दा दर्शकमाथि प्रहरीको कडा निगरानी

Kirtipur-Ground

३ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले भोलि नामिबियासँग खेल्दैछ ।

कीर्तिपुर मैदानमा हुने खेलमा नेपालको १२ औं खेलाडी दर्शक हो । नेपाल क्रिकेट संघ क्यानका अनुसार १५ हजार भन्दा बढी टिकट विक्री भएको छ ।

आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले दर्शकलाई लिएर सुरक्षामा बढी नै चासो देखाएको छ ।

विगतमा नेपालले खेल हार्दै गर्दा दर्शकले पानीको बोतल तथा ढुंगा हानेकाले आईसीसी यो पटक त्यस्तो नहोस् भन्नेमा बढी सतर्क देखिएको छ ।

प्रतियोगिता आयोजनाका लागि नेपालमा आएर खटिरहेका आईसीसीका एसिया डेभलोपमेन्ट म्यानेजर बन्दुला वर्नापुराले हरेक भेटमा दर्शकलाई शान्त रहन अपील गर्न आग्रह गर्दै आएका छन् ।

यस्तो छ सुरक्षा प्रवन्ध

कीर्तिपुर मैदानमा खेलको अघिल्लो दिन शुक्रबारदेखि नै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । भोलि खेलको दिन एसपी प्रधुम्न कार्कीको कमाण्डमा ६४७ प्रहरी खटिनेछन् भने सात वटा सीसीटीभी राखिएको छ ।

दर्शक दिर्घामा चार घेराको सुरक्षा रहनेछ । दर्शकको अगाडि, बीचमा र अन्तिममा प्रहरीको घेरा रहनेछ । इन्स्पेक्टर सुवास खड्काका अनुसार यसका लागि मात्र १२३ प्रहरी खटिनेछन् ।

मैदानलाई घेर्न बनाइएको बाल बाहिर पनि प्रहरीको घेरा रहनेछ । र, त्यहाँ दर्शकलाई राखिनेछैन ।

दर्शकहरुलाई गेटमा सुरक्षा जाँच गरिनेछ र ढुंगा, क्यान बोतलहरु र पानीको बोतल समेत लैजान दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment