Comments Add Comment

अधिवक्ता क्षेत्री लगातार दोश्रो वर्ष अमेरिकामा बने सुपर लयर

न्यूयोर्क । न्यूयोर्कमा रहेर बिगत ३ दशक देखि कानुनी पेशामा सकृय रहंदै अाएका बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री लगातार दोश्रो बर्ष पनि न्यूयोर्कमा सुपर लयरमा पर्न सफल भएका छन् ।
khagendra-chhetri_americaन्यूयोर्क शहरमा रहेका अधिवक्ताहरु मध्येबाट उत्कृष्ट कार्यका आधारमा छनौट हुने यस प्रकृयामा क्षेत्री लगातार दोश्रो बर्ष पनि पर्न सफल भएका छन् ।  क्षेत्रीलाई शुक्रबार मात्र सुपर लयर छनौट गर्ने संस्थाले पत्रचार गर्दै बधाई दिएको छ ।
न्यूयोर्क, क्यालीफोर्निया, टेक्सास र काठमाण्डौंमा समेत सेवा प्रदान गर्ने क्षेत्री एण्ड एशोसिएट्सका सन्चालक क्षेत्री अमेरिकको कोलम्बीया युनिभर्सिटीबाट जेडि र फोरदाम युनिभर्सिटीबाट एलएलएम गरेका छन् ।
सुपर लयरमा हालसम्म न्युयोर्क शहरमा कानुनि सेवा प्रदान गर्ने ५ प्रतिशत कानुन ब्यवसायी मात्र पर्न सफल भएका छन् । सुपर लयर छनौटको नतिजा न्यूयोर्क टाईम्समा समेत प्रकाशन हुने गर्दछ ।
एनआरएन अमेरिकाको निर्बतमान अध्यक्ष समेत रहेका क्षेत्री हाल एनआरएन आईसिसीका सदस्य  तथा नागरिकता सम्बन्धी टास्क फोर्सका सहसंयोजक हुन ।
सुपर लयर छनौट परेपछि क्षेत्रीले सम्पुर्ण सेवाग्राही, कर्मचारी लगाएत सबैमा आभार ब्यक्त गरेका छन्  । सुपर लयर छनौटले आफुले सेवा प्रति थप सर्मपित गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment