Comments Add Comment

नामिबियाद्धारा नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत

Nepal Vs Namibia (10)
४ वैशाख, काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत खेलमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा चलिरहेको खेलको पहिलो इनिङमा नामिबियाले पुरा ५० अोभरमा ९ विकेट गुमाएर नेपालविरुद्ध १९५ रन बनाएको हो ।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट झारे । सोमपाल कामीले २ विकेट लिए । पारस खड्का र डेब्युटेन्ट सन्दिप लामिछानेले १/१ विकेट झारे ।
शक्ति गौचनले कसिलो बलिङ गरेपनि विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित २८ रन दिए ।

नामिबियाका एसएफ बर्गरले ७६ बलमा सर्वाधिक ३८ रन बनाए । जेजे स्मिथले २२ बलमा २६ रन जोडे । एचएन या फ्रान्सले २६, गरेहार्ड इरासमसले २५, गेरी स्यामानले २३, कप्तान स्टेफन ब्राडले १८ रन बनाए । यसैगरी जेन ग्रिनले १४, जेपी कोट्जर जोभागोेले २/२ रन बनाए ।

नामिबियाले खेलको सुरुवातमा आक्रामक ब्याटिङ गरेको थियो । दस्रो ओभरको समाप्तिमा २५ रन उसले २५ रन जोड्यो । तर, पहिलो ओभरमा १५ रन खर्चिएका सोमपाल कामीले आफ्नो दोस्रो ओभरको पहिलो बलमै विकेट कप्तान स्टेफन ब्राड महत्वपूर्ण विकेट झारे ।

त्यसपछि नामिबियको आक्रमक ब्याटिङ एकाएक सुस्तायो । बसन्त रेग्मी सोमपालले पहिलो र दास्रो विकेटले कमजोर बनायो । सातौं विकेटका लागि नामिबियाले १ सय ७ बलमा ३५ रनको सर्वाधिक साझेदारी गर्‍यो । खेलमा डेब्युटेन्ट सन्दिपले १० आभेरमा २ मेडन राख्दै ३७ रन खर्चिएर १ विकेट लिए ।नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment