Comments Add Comment

पृथु बास्कोटा भन्छन्ः १९६ भेट्टाउन सकिने लक्ष्य हो, सुरुवाती ५ ब्याट्सम्यानले राम्रो खेल्नुपर्छ

Nepal cricket team

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियालाई हराउन नेपालले १९६ रनको लक्ष्य पाएको छ । यो स्कोर भेट्टाउन सकिने खालकाे भएको क्रिकेटर पृथु बास्कोटाले बताए । अनलाइनखबरसँग खेलको समिक्षा उनले यसरी गरे ।

सुरुवातको पहिलो ओभर महंगो भयो । सुरु हो, तर होम क्राउडलाई दबाव दिन पनि उनीहरुले यस्तो खेलेको हुन सक्छ । तर, नेपालले राम्रो कमब्याक गरेको छ ।

खेलका क्रममा बल नो म्यान ल्याण्डमा खस्यो । त्यसले लक फ्याक्टर हाम्रो पक्षमा रहेन । नामिबियाले हरेक ओभरमा जस्तै बाउन्ड्री हानेको थियो । तर, नेपालले लगातार जस्तै तीन विकेट लियो ।

तर, सातौ विकेटका लागि राम्रो साझेदारी गरे । उनीहरुले २५ देखि ४२ ओभरसम्म साझेदारी गरे । रन त ३५ मात्र हो । तर त्यसले खेललाई ५० ओभरमा पुर्‍यायो ।

हामीले २०० रनसम्म पुग्छ भन्ने लागेको थियो । १९६ रनको लक्ष्य पाएको छ । यो भेट्टाउन सकिने लक्ष्य हो । तर, यहाँ रन बन्न सजिलो छैन । मेरो विचारमा सुरुवाातका ५ ब्याट्सम्यानले टिकेर राम्रो खेल्नुपर्छ ।

४ विकेट भन्दा बढी जानु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment